काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ।
प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिए। सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दुरसञ्चारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे।
प्राधिकरणले दुरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दाबी पनि गर्दै आएको छ। तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।