एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'गोल्ड'को ट्रेलर सार्वजनिक भएको छ।
भारतको राष्ट्रिय खेल हकीको कथावस्तु रहेको फिल्म अगस्ट १५ देखि प्रदर्शनको तयारीमा छ। ट्रेलरमा ब्रिटिस उपनिवेशपछि स्वतन्त्र भएको भारतलाई ओलम्पिक अन्तर्गत हकी खेलमा स्वर्ण पदक जिताउन गरिने प्रयासलाई प्रस्तुत गरिएको छ।
ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक पाएको ऐतिहासिक विषयमा आधारित फिल्मको ट्रेलरमा अक्षय कुमार सन् १९३६ मा भारतीय हकीका एसिस्टेन्ट म्यानेजर तपन दासको भूमिकामा देखिएका छन्। अक्षयको साथमा अभिनेत्री मौनी राय पनि मुख्य भूमिकामा छिन्। मौनी भारतीय टिभी सिरियल 'नागिन'की कलाकार हुन्।
रीमा कागतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अक्षय, रौनीका साथै कुनाल कपूर, अनित साध, भिनेत सिंह लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।