काठमाडौं– आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा आर्यन र साम्राज्ञीबीचको प्रेम र वियोगका दृश्यलाई समेटिएको छ। आर्यनकै कथा लेखन तथा लगानीमा बनेको फिल्ममा आर्यन र साम्राज्ञी पहिलो पटक एकसाथ देखिँदै छन्।
लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’मा प्रविण सिंहको कोरियोग्राफी रहेको छ।
शिवराम श्रेष्ठको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई फिलिपिन्सका साथै नेपालमा छायांकन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।