• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

इटहरी उपमहानगरको बजेट १ अर्ब ३७ करोड : रात्रिकालीन बजारदेखि सुक्खा बन्दरगाह प्राथमिकतामा (पूर्णपाठ)

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  ०६:३१
1140x725

इटहरी- इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७४/७५ को भन्दा आगामी आव ०७५/७६ का लागि ७० प्रतिशतले बजेट वृद्धि भएको छ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमद्वारा प्रस्तुत बजेटमा चालुतर्फ ३४ करोड ५९ लाख र पुँजीगततर्फ ६३ करोड ८० लाख तथा वित्तीय व्यवस्थातर्फ ३५ लाख रुपैयाँ खर्च हुने अनुमान बजेटमा गरिएको छ।

सोका लागि सङ्घीय सरकारबाट २८ करोड ३१ लाख रुपैयाँ अनुदान, सशर्त अनुदानबाट ३० करोड ३६ लाख, राजस्वबाट १४ करोड ८३ लाख, प्रदेश सरकारबाट ६० लाख, सशर्त अनुदानबाट १ करोड, आन्तरिक आयबाट ३२ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ। अपुग ६ करोड ५ लाख रुपैयाँ नगर विकास कोषबाट ऋण लिने योजना छ।

आइतबार प्रस्तुत गरिएको वार्षिक बजेट नीति तथा कार्यक्रमले इटहरीलाई प्रदेश राजधानी बनाउने विश्वाससमेत व्यक्त गरिएको छ। इटहरी लाई व्यापारिक केन्द्रको रूपमा विकसित गराउन सुक्खा बन्दगाह निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ। व्यापारिक हबलाई व्यवस्थित गर्न रात्रिकालीन बजारको व्यवस्थापन गरिने भएको छ। जसका लागि ४० लाख बजेट विनियोजन गरिएको छ। 

इटहरीमा आधुनिक सार्वजनिक सभाहल निर्माण बजेटको प्राथमिकतामा परेको छ। त्यस्तै, व्यवस्थित ढल निकास, इटहरी चोकमा सार्वजनिक शौचालय तथा पार्किङको व्यवस्था लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ। सडक बालबालिकाको व्यवस्थापन गर्नेदेखि सम्पूर्ण बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने बजेटमा उल्लेख छ। 

फोहोर मैला व्यवस्थापन, आत्मनिर्भर जनशक्ति उत्पादन गरी स्वरोजगारको वातावरण निर्माण गर्ने, आधुनिक कृषि बजार स्थापना गरिने र बजारमा कौसी खेती लाई प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख गरिएको छ। उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला स्वावलम्बनमा जोड दिइएको छ। 

बजेटले इटहरीमा रात्रिकालीन नमुना बजार स्थापना गर्ने उल्लेख गरेको छ। जसको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

बजेटले तालतलैया, भान्सेपोखरी क्षेत्रलाई पर्यटकीय उद्देश्यको लागि विकास गर्ने योजना बनाएको छ। यसैगरी इटहरी चोक आसपासमा जनता पार्क बनाउने भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अपराध नियन्त्रणका लागि बजारभर सिसी क्यामेरा जडान गरिने साथै सामुदायिक विद्यालयलाई सिसी क्यामेराबाटै अनुगमन गर्ने योजनासमेत बजेटमा समेटिएको छ। 

यसैगरी नगरमा बहुजातीय सङ्ग्रहालय निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। इटहरी वार्ड नं ४ र ६ मा टेंग्रा खोलाको दुवैतर्फ सडक करिडोर बनाउने बजेटमा उल्लेख गरिएको छ जसका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। आगामी आर्थिक वर्षमा इटहरीमा ७ वटा पक्की पुल बनाउने योजना बनाइएको छ।

हरित नगरी इटहरी निर्माणका लागि एक घर एक बिरुवा अभियान इटहरीको पहिचान भन्ने अभियान बजेटमा उल्लेख गरिएको छ। स्मार्ट सिटी निमार्णका लागि हरेक वडा कार्यालयदेखि नगरपालिकाका हरेक सेवा इन्टरनेटको माध्यमबाट हुने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ। 

हिंसापीडित महिलाहरूका लागि सुरक्षित आवासलाई निरन्तरता दिने र इटहरीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने विपन्नलाई थप एक हजार रुपैयाँ दिने योजना समेटिएको छ।

Xtrem

Xtrem

बजेटले चालु आर्थिक वर्षमा आन्तरिक आय अनुमान गरेभन्दा कम हुने भएको छ। आन्तरिक आय १५ करोड २५ लाख हुने अनुमान गरिएकोमा जेठसम्म १० करोड ३७ लाख रुपैयाँ आय भएको छ। असारसम्मको संशोधित अनुमानमा १ करोड ८७ लाख आय हुने अनुमान बजेटमा गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्