• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ७ : बजेटमाथिको छलफलमा अनुपस्थित सत्तापक्षीय सांसदहरुको मौनता तोडियो, कांग्रेसको विरोध कायमै

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  ०२:३९
1140x725

धनगढी– लगातार दुई पटकसम्म बजेटमाथिको छलफलमा भाग नलिएका प्रदेश ७ का सत्तापक्षीय सांसदहरूको ‘मौनता’ आइतबारदेखि तोडिएको छ।

यसअघि सत्तापक्षीय सांसदहरूले सरकारले ल्याएको बजेटमा असमान र अन्यायपूर्ण ढंगले रकम विनियोजन गरिएको भन्दै संसदका २ वटा बैठकमा छलफलमा भाग नलिएर मौन बसेका थिए। केही सांसदहरूले सामाजिक सञ्जालमार्फत बजेटप्रतिको आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी(ने क पा) संसदीय दलको बैठकबाट सांसदहरुको असन्तुष्टीको सम्बोधन गरिएपछि आइतबारको बैठकमा भने उनीहरु सहभागि भएका हुन्।

प्रदेश संसदको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका अधिकांश सत्तापक्षीय सांसदहरूले बजेट सकारात्मक भएको प्रतिक्रिया दिए।

छलफलमा भाग लिँदै सत्तारुढ (ने क पा)का प्रदेशसभा सदस्य लीलाधर भट्टले बजेटमा ३३ वटा विशेषता रहेको चर्चा गरे। उनले बजेट नौलो खालको रहेको र प्रदेशका सबै ८८ वटै स्थानीय तहलाई समेटिएको दावी गरे।

उनले भने,‘एयरलिफ्टिङ स्वास्थ्य सेवा, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रुपैयाँ भत्ता, मुख्यमन्त्री कृषि कार्यक्रम, सबै स्थानीय तहमा हाटबजार, नागरिकताका आधारमा स्वरोजगारी, सहीद र विशिष्ट व्यक्तिका नाममा ल्याइएका कार्यक्रम सकारात्मक छन्।’

उनले सत्तापक्षीय सांसदहरूले प्रदेश बस सेवा, सामुदायिक र प्राविधिक शिक्षा, क्रिकेट मैदान, ब्रह्मदेवलाई नयाँ शहर बनाउने तथा हरेक स्थानीय तहमा सुलभ पसल कार्यक्रमले जनतालाई सरकारको अनुभूति गराउने दावी गरे।

सत्तारुढ दलकौ सांसद देवकी मल्लले संघीयताको भरखर अभ्यास भए पनि प्रदेश सरकारले परिपक्व र प्रदेशको आत्मालाई समेट्ने गरी बजेट ल्याएको दावी गरिन्।
अर्का सांसद रतनबहादुर थापाले यो बजेट कार्यान्वयन गर्दा धेरै कुरा सिक्न पाइने र त्यसले अर्को पटकको बजेट राम्रो बनाउन मद्दत गर्ने धारणा राखे। उनले खक्रौला नाकालाई व्यवस्थित र वैधानिक बनाउनेतर्फ सोच्नुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

कञ्चनपुरका सांसद महेशदत्त जोशीले बजेटले सबैका भावनाको सम्बोधन गरेको चर्चा गरे। ‘तर कार्यान्वयन गर्दा भने झ्यालबाट नहोस् भन्नेतर्फ सचेत हुनुपर्दछ।’, उनले भने। सांसद जोशीले बजेट लोकप्रिय हुनुभन्दा पनि जनसहभागितामा कार्यान्वयन हुने खालको हुनुपर्ने बताए।

यसअघि सत्तापक्षीय सांसदहरूले सरकारले ल्याएको बजेटमा असमान र अन्यायपूर्ण ढंगले रकम विनियोजन गरिएको भन्दै संसदका २ वटा बैठकमा छलफलमा भाग नलिएर मौन बसेका थिए। केही सांसदहरूले सामाजिक सञ्जालमार्फत बजेटप्रतिको आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।

प्रतिपक्षकाे चरणबद्ध विरोध

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट वितरणमुखी तथा कार्यकर्तामुखी भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा चरणवद्ध रूपमा विरोध सुरु गरेको छ। 

Xtrem

Xtrem

प्रतिपक्ष कांग्रेसका सांसदहरूले आइतबारको संसद बैठकमा ‘मौन विरोध’ गरेका थिए। सरकारले बजेट प्रस्तुत गरेपछिका सुरुवाती संसद बैठकमा प्रतिपक्षी सांसदहरूले बजेटमाथिको छलफलमा भाग लिँदै चर्को विरोध जनाएका थिए। प्रदेशसभामा नेपाली कांग्रेस र राजपा प्रतिपक्षका रूपमा रहेका छन्। 

कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले प्रतिपक्षको भावनाको सम्बोधन नगर्दासम्म बजेटमाथिको छलफलमा भाग नलिने बताए। ‘यो बजेट वितरणमुखी छ। पार्टीका कार्यकर्ता तथा आसेपासेलाई पोस्ने गरी विनियोजन गरिएको छ।’, नेता रावलले संक्षिप्त कुराकानीमा भने,‘पुँजीगत खर्चभन्दा साधारण खर्च निकै बढि छुट्याइएको छ। यो बजेटले प्रदेशको आर्थिक समृद्धि सम्भव छैन।’ 

सरकारले ल्याएको बजेटमा साधारण खर्चतर्फ १४ अर्ब र विकास (पुँजीगत) खर्चतर्फ ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। 

संसदमा चरणवद्ध रूपमा विरोध सुरु गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले यसअघि मुख्यमन्त्री तथा सभामुखलाई बजेटप्रतिको विरोधबारे जानकारी गराएको थियो। प्रतिपक्ष दलका नेता रावलले संसदको कार्यव्यवस्था परामर्श समितिमा औपचारिक रूपमा विरोधको जानकारी गराइएको पनि बताए।

यसैबीच आइतबारको स‌सद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश आकस्मिक कोष विधेयकऽ २०७५ र जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरे।

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  ०२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? एमालेको एघारौँ महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक नेतृत्वमा निरन्तरता दिने विषय प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि... शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएक... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्