कलैया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आइतबार पक्राउ गरेको छ।
मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।