काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभागका अधिकृत रामप्रसाद ढुंगाना र नेपाल प्रहरीका सइ धीरेन्द्र श्रेष्ठविरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ।
अधिकृत ढुंगाना २ साताअघि ५० हजार घुससहित पक्राउ परेका थिए। पत्रिकामा प्रकाशित बिज्ञापनमा त्रुटि भएकोमा त्यसलाई सच्याइदिने भन्दै उनले एक मेनपावर कम्पनीसँग घुस लिएका थिए।
त्यस्तै सइ श्रेष्ठको भने शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आयोगले जनाएको छ। उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रिय कार्यालय, बारानासी, भारतबाट आईए उत्तिर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका थिए। जून प्रमाणपत्र नक्कली भएको खुलेपछि मुद्दा चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।