काठमाडौं– महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपैयाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ।
प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।