सल्यान- जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन्। त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन्।
खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा डुबेको अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीय मेरिगोल्ड बोर्डिङबाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बालकका बुबा हाल रोजगारीका लागि विदेशमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।