• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अन्तरधार्मिक विवाहको नियति 'तलाक' : कारण– कतै घुम्टो, कतै दाइजो

64x64
नेपाल लाइभ शनिबार, असार ९, २०७५  ०७:४१
1140x725

इटहरी- मनीषा खातुन र उनकी आमा इटहरीको एक मस्जिदमा आमरण अनसन बसे। बिहानैदेखि अनसन सुरु गरेका उनीहरू नमाज पढ्ने बेलामा मस्जिदबाटै निकालिए।

यो थियो २०७४ कात्तिकको घटना। 

भर्खरै १६ पुगेर १७ लागेकी कक्षा ११ मा पढ्दै गरेकी मनीषा प्रेम सम्बन्धमा थिइन्। इटहरी ५ का सबिद मियाँले मनीषासँगै छोराको विवाह गर्ने निधो गरेका थिए। यादव थर र हिन्दु धर्म मान्दै गरेकी मनीषाको परिवारलाई मियाँले एक वर्ष अघिदेखि मुस्लिम बनाएका थिए। घरमा भएको तुलसीको मोठ पनि उनैले भत्काइदिए। 

कात्तिक २८ गते सबिदका छोरा आजाद मियाँसँग मनीषाको विवाहको टुंगो लागेको थियो। तर बीचैमा सबिदले विवाह गर्न नसक्ने बताए। कारण थियो अर्को केटी पक्षबाट धेरै दाइजोको प्रस्ताव।

एक-अर्काको घरमा जाने, बुहारी भन्ने, काम अह्राउने, सम्धी-सम्धिना, सासू-ससुरा, सम्मको साइनो सुरु भएको थियो मनीषा र आजादको परिवारबीच। सुरुमा दाइजो नचाहिने बताउँदै आएका सबिदले पछि दाइजो थोर भएकै कारण छोराको विवाह स्थगित गरे। 

एकाएक विवाहको कुरा टुंग्याएपछि मनीषाको परिवार न्यायका लागि मुस्लिम एकता 8मा गयो। मुस्लिम 8ले पनि कुनै प्रतिक्रिया नदिएपछि इलाका प्रहरी कार्यालय इटहरीको शरणमा पुग्यो। प्रहरीले कुनै प्रमाण नभएकोले केही गर्न नसकिने बतायो। 

त्यसपछि आमासहित मनीषा मस्जिदमा न्याय खोज्दै अनसन बसे। तर त्यहाँबाटै निकालिनुपर्‍यो।

हुँदाछँदाको धर्म परिवर्तन गरेर छोरीको विवाहको तयारीमा लागेकी मनीषाकी आमा 'त्यही तुलसीको मोठले सरापेर यस्तो भएको होला' भन्ने दुखेसो गर्छिन्। दाइजो थोर भएकै कारण मनीषा र आजादबीचको सम्बन्धलाई बाबु सबिद मियाँले तिलान्जली दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

— O —

पाँच वर्षअगाडि १५ वर्षकै उमेरमा प्रेमविवाह गरेकी एलिसा कार्की अहिले आफन्तको सहारामा छिन्। 

उर्लाबारीबाट इटहरी पाहुना गएका बेला इटहरी ९ का असीम मियासँग प्रेम सम्बन्धमा बाँधिइन् उनी। करिब ६ महिना लामो प्रेम सफल बनाउँदै उनीहरुले बिहे पनि गरे। तर बिस्तारै त्यो प्रेम खिइँदै गयो। 

वर्ष दिन नबित्दै एक सन्तानकी आमा भइन् एलिसा। अहिले उनकी ३ वर्षकी छोरी छिन्। तिनै छोरीलाई छाडेर एलिसा आफन्तको शरणमा छिन्। 'पहिला म बाँच्छु र पो नानीलाई हेर्छु, म आफै नबाँचेपछि नानीलाई कसरी हेर्नु भन्दै भागेकी हुँ,' उनी भन्छिन्।

Xtrem

Xtrem

श्रीमान्‌ले विवाह दर्तासमेत गर्न नमानेको उनको भनाइ छ। घरमा श्रीमान्‌को चरम शारीरिक यातना सहन नसकेर भागेको उनले बताइन्। 

असीमका दाजुको भर्खरै अन्सारी थरकी युवतीसँग विवाह भएको छ। 'उनीहरूले विवाह गरेको केही दिनमै विवाह दर्ता पनि गराए तर मलाई चाहिँ हिन्दुको छोरी भएकै कारण सधैं विभेद गरिरहे,’ एलिसा भन्छिन्, 'मैले असीमलाई विवाह दर्ता गर्नुपर्यो भन्दा धेरै पटक मार्ने धम्की पनि दिएका छन्।’ सासू, ससुराले गाली गर्ने छोरालाई उकासेर कुटाउने गरेको पीडा पनि उनले सुनाइन्।

फेसबुक चलाउन, पाइन्ट लगाउन र घरबाहिर निस्कनु त एलिसाका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। 'घुम्टो नलाएको निहूँमा कति पिटाइ खाएँखाएँ,' आँखाभरि आँसु पार्दै उनी भन्छिन्।' 

असीमको परिवार पनि स्विकार्छन् यो कुरा। मुस्लिम परिवारमा पाइन्ट लगाउने, खुल्ला कपडा लगाएर हिँड्ने, फेसबुक चलाएर अरूसँग गफ गर्ने कुरा हुँदैन,’ असीमका बुवा भन्छन्, 'त्यो हाम्रो धर्मभित्र पर्दैन।’ 

गत जेठ २२ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन आएकी एलिसा कुनै हालतमा असीमको घर नजाने बाचा गरिरहेकी थिइन्। तर असीम र उनको परिवार भने घरको झगडा घरैमा मिलाउनुपर्ने बताउँदै थिए। चरम यातनाको डरले एलिसा एक्लै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेकी थिइन्। 

असीमले एलिसालाई घर नजाने भए ५ लाख रुपैयाँ दिने वचन पनि दिए। तर माइती नेपालको प्रतिनिधि भन्दै छलफल स्थलमा आएकी सुन्दरहरैंचा ४ कि सावित्रा ढकालले पैसा दिनु नपर्ने भन्दै कानेखुसी गर्न थालिन्। त्यसपछि एलिसा माइत लागिन्, असीम आफ्नो घरतिर लागे। 

अन्ततः असीम र एलिसाको प्रेमको डोरी पनि यसरी चुटियो। हिन्दु परिवारकी भएकै कारण एलिसालाई असीमका परिवारले स्विकार्न सकेनन्।

यी त इटहरीका प्रतिनिधि घटना मात्र हुन्। 

दाइजोकै कारण टुंगो लागिसकेका धेरै विवाह रोकिएका छन्। मुस्लिम समुदायका युवा हिन्दु समुदायकी युवतीसँग प्रेममा पर्ने र प्रेमलाई विवाहमा परिणत गरेपछि धार्मिक कारण देखाउँदै तलाक गर्नेहरु बढिरहेका छन्। हिन्दु युवतीसँग संस्कार नमिल्ने तथा अनेक कारण देखाउँदै मुस्लिम नेताहरु नै तलाक (सम्बन्ध विच्छेद)  गर्न दबाब दिइरहेका छन्। 

२०७५ को सुरुवातदेखि हालसम्म दुहवी नगरपालिकामा मात्र १५ वटा तलाकका घटना दर्ता भएका छन्। जसमध्ये ११ वटा सानै उमेरमा विवाह गरेर श्रीमान् विदेश गएका कारण पीडित युवतीहरुको उजुरी आएको नगरपालिकाकी उपमेयर सुनिता शाहले बताइन्। त्यसमध्ये पनि अन्तरधार्मिक विवाह झनै समस्याको रूपमा देखा पर्ने गरेको उनको भनाइ छ। 

इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा पनि अधिकांश तलाकका घटना दर्ता हुने गरेको पाइएको छ। उपमेयर लक्ष्मी गौतम अन्तरधार्मिक सांस्कृतिक विवाहले समस्याको रूप धारण गरिरहेको बताउँछिन्।

प्रकाशित मिति: शनिबार, असार ९, २०७५  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने भए पनि पश्चिमी भूभागमा भने शुक्रबार रातिदेखि वर्षा... शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १:१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ । शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्