काठमाडौं– ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा 'नेशनवाइड सर्भिस क्याम्प' सञ्चालन गर्ने भएको छ।
आगामी आइतबार (पुस ११) गतेदेखि पुस १३ गतेसम्म देशका प्रमुख शहरहरुमा सर्भिस क्याम्प सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ।
सर्भिस क्याम्पमा नि:शुलक लेबर चार्जमा ड्याट्सन गाडीहरुको सर्भिस गरिने पनि कम्नपीले जानकारी दिएको छ।
यस्तै, नि:शुल्क टप वास, नि:शुल्क ९० चेक प्वाइन्ट, पाटपूर्जाहरुमा ८० प्रतिशतसम्म छुट तथा नियमित सेवा र उपभोग्य वस्तुहरुमा १० प्रतिशतसम्म छुट सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।