विराटनगर– प्रहरीले मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
मोरङको बुढीगंगा गाउँपालिका-४ निमुवाबाट सुनसरी इँटहरी २ का कोसिस खड्का र दुहवी नगरपालिका-५ फुटबल चोकबाट धरान १६ का राजु तामाङलाई नियन्त्रणमा लिइएको हो।
खड्काको साथबाट एभिल, डाइल्याब, लुपिजेसिक लगायतका लागू औषध वरामद भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
यसैगरी, विराटनगरबाट इँटहरीतर्फ जाँदै गरेको बस चेकजाँचका क्रममा पक्राउ परेका तामाङको साथबाट पनि डाइजेल्याब, लुपिजेसिक र एभिल लगायतका लागु औषध बरामद भएको हो। तिघ्रामा सेतो टेपले बाँधेर लागु औषध ओसारपसार गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।