चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहको मिति तय भएको छ।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार दिपिका र रणवीर यसै वर्षको नोभेम्बर १९ विवाह बन्धनमा बाधिनेछन्।
प्रेम सम्बन्धमा रहेको यो जोडी ज्योतिषले हेरेको समय अनुसार विवाह बन्धनमा बाँधिन लागेका हुन्। उनीहरुको विवाहको साइत दिपिकाको परिवारले तय गरेको बताइएको छ।
ज्योतिष साइत अनुसार नोभम्बर १९ विवाहका लागि उत्कृष्ट रहेकाले रणवीरको परिवार पनि यसमा सहमत देखिएको 'भास्कर डटकम'मा उल्लेख छ।
उनीहरुको विवाह दक्षिणा भारतीय संस्कारअनुसार हुने ल्लेख गरिएको छ। यसका लागि रणवीर पारम्परिक मुन्डु पोशाकमा देखिने छन् भने दीपिका चर्चित डिजाइनर सव्यसाची मुखर्जीको डिजाइनको 'वेडिङ ड्रेस'मा सजिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।