बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'राउडी राठोर'को सिक्वेल बन्ने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको सिक्वेललाई पनि यसअघिकै निर्माता सञ्जय लीला भन्सालीले नै निमार्ण गर्नेछन्।
फिल्म निर्माण लागि स्क्रिप्ट तयार भए पनि भन्सालीले यसलाई फाइनल गरिनसकेकाले सुटिङ कहिलेबाट सुरु हुने भन्ने निश्चित भएको छैन।
फिल्ममा पुरानै कलाकार दोहोरिन्छन् या नयाँ कलाकारहरुको अभिनय रहने भन्ने विषयमा पनि टुंगो लागिसकेको छैन।
२०१२ मा आएको 'राउडी राठोर'मा अक्षय कुमार, सोनाक्षी सिन्हा, परेस गन्तारा लगायतले मुख्य अभिनय गरेका थिए। करिब ४५ करोड लगानीमा निर्माण भएको सो फिल्मले भारतीय बक्स अफिसमा करिब २ सय ६ करोडको व्यापार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।