नयाँ दिल्ली – बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला फिल्म 'राजी'को सफलताबाट निकै उत्साहित छन्। पछिल्लो समय रणवीर कपुरसँगको प्रेम सम्बन्धका कारण उनको चर्चा चुलिएको छ।
कट्रिना कैफका पूर्वप्रेमी रणवीरसँग आलियाको रोमान्स चलिरहँदा यी दुई अभिनेत्रीबीच केही समयअघि तिक्तता रहेको चर्चा चलिरहेको छ। तर, हालैको एउटा प्रसंगले उनीहरुबीच त्यस्तो मनमुटाव नरहेको देखाएको छ।
कट्रिनाले आलिया अभिनीत 'राजी'को सफलतालाई स्वागतयोग्य भन्दै आलियाको कामलाई बधाई दिएकी छिन्। उनले आलियाको काम उत्कृष्ट रहेको पनि बताएकी छिन्।
'राजी'ले भारतीय बक्सअफिसमा एक सय करोडको रेकर्ड राखिसकेको छ। आलिया अहिले 'गली ब्वाइ' र 'कलंक'को काममा व्यस्त छिन् भने कट्रिना 'जिरो'को सुटिङ गरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।