• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एयरपोर्ट भन्सार कर्मचारीको अनुभव : चार्ल्स शोभराजको ‘कथन’जस्तो फितलो छैन चेकजाँच

ठाकुर गाैतम सोमबार, पुस ५, २०७८  १५:१५
1140x725

म एयरपोर्टको भन्सारमा जागिर खान जानुअघि नै चार्ल्स शोभराजको ‘उक्ति’ प्रख्यात भइसकेको थियो। उनले भनेका थिए रे– त्रिभुवन विमानस्थलबाट म हात्ती पनि छिराइदिन सक्छु।

हो, म त्यही भन्सारको कर्मचारी भएर जाँदै थिएँ। तर, त्यसअघि म त्यहाँसम्म पुग्ने मेरो पृष्ठभूमि सुनाउन चाहन्छु।

पढाइ सकेर काठमाडौँबाट फेरि गाउँ नै फर्किनुपर्ने चिन्ताले म सरकारी जागिरे भएको थिएँ। सुरुमा खरदारबाट सरकारी सेवामा प्रवेश गरेँ। शाखा अधिकृत हुँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रवेश गरेँ। त्यसपछि म त्यहाँका गतिविधि निरन्तर भोगिरहेको छु, बुझिरहेको छु।

ठाकुर गाैतम

भन्सार कार्यालय मेरो लागि किन पनि अनौठो थियो भने, एयरपोर्ट सम्झिनेबित्तिकै मेरो दिमागमा उही कुख्यात अपराधी चार्ल्स शोभराजको भनिएको कथन आइहाल्थ्यो। उनले हात्ती छिराउन सक्छन् वा सक्दैनन् फरक विषय हो, तर त्यहाँबाट हुने तस्करीलाई उजागर गर्न उनको भनाइ चर्चित भयो/बनाइयो।

भन्सारका अनुभव साट्नुअघि म अलिकति विगततिर फर्कन चाहन्छु। म कुनै सम्भ्रान्त वर्गबाट आएर जागिरे बनेको थिइनँ। गाउँको मान्छे। सामान्य परिवारबाट आएर लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको थिएँ।

स्नातक तेस्रो वर्षको परीक्षा नजिकिँदै गर्दा म लोकसेवा आयोगबाट खरिदारको परीक्षामा उत्तीर्ण भएँ। स्नातकको अन्तिम परीक्षा पनि उत्तीर्ण गरेँ। अनि, शाखा अधिकृत बन्ने सपना बुन्न थालेँ। किनभने, मेरो जीवनको बाटो अब सरकारी सेवा नै भएको निश्चित भइसकेको थियो।

मलाई शाखा अधिकृतको परीक्षा उत्तीर्ण गर्न धेरै सकस भएन। शाखा अधिकृत भएपछि पहिलो पदस्थापना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भयो।

मेरो दाजु विदेश हुनुहुन्थ्यो। विदेश जाँदा दाजुलाई विदाइ गर्न र आउँदा स्वागत गर्न मात्र म विमानस्थल पुगेको थिएँ। तर, त्यहाँभित्र हुने सकारात्मक र नकारात्मक कुराहरू भने सुनेको थिएँ। विदेश जानेहरूप्रति कर्मचारीले गर्ने व्यवहार, फर्किँदा भन्सार जाँचका प्रक्रियाबारे सुनेको थिएँ। ती कति हल्ला थिए, कति सत्य थिए।

Ncell 2
Ncell 2

अब त म आफैँ त्यो ठाउँमा थिएँ।

पहिलो पदस्थापना नै एयरपोर्ट भन्सारमा भएपछि मलाई अनेक थरी प्रतिक्रिया आए। कसैले मेरो ‘पहुँच’ बलियो हुँदा पहिलो ‘पोस्टिङ’ नै त्यहाँ भएको बताए। कतिले जोगिएर काम गर्न सुझाव दिए। कतिपयले भनेका थिए– एयरपोर्टको त ट्वाइलेटमा पनि सुन भेटिन्छ रे, त्यहाँ काम गर्ने मान्छे त मालामाल हुन्छन् रे।

कति आफन्तले पनि यस्तै ‘उडन्ते’ कुराले बधाई दिए। न कसैले मेरो वास्तविकता बुझ्यो, न मलाई एयरपोर्टको वास्तावकिता बुझाउन नै खोज्यो।

यी प्रतिक्रियाबाट मैले बुझेको एउटै कुरा थियो– त्यहाँ काम गर्न चुनौती छ, जोगिएर भूमिका निभाउनुपर्छ।

त्यसबेला पनि मैले चार्ल्स शोभराजलाई सम्झिएको थिएँ।

तर, त्यति बेलासम्म बागमतीमा धेरै पानी बगिसकेको थियो। धेरै परिवर्तन भइसकेको छ। एयरपोर्टबारेको आमबुझाइ भने उस्तै छ। एयरपोर्ट आफैँमा एउटा संस्था होइन, त्यहाँ काम गर्ने करिब चार दर्जन निकाय छन्। ती सबैका आ–आफ्नै कार्यशैली छन्। यी कुरा सर्वसाधारणलाई बुझाउन अझै पनि कठिन छ।

नयाँ जोश, जाँगर र उर्जा बोकेर गएका राष्ट्रसेवकहरुलाई एयरपोर्ट भन्ने बित्तिकै ‘३३ किलो सुनकाण्ड’ सम्झना आउँछ। त्यसले डर बढाउँछ र सचेत हुने अवसर पनि दिन्छ। सर्वसाधारणको कुरा गर्ने हो भने, कतिपय यात्रुलाई ‘नेपालमा कसले के गरेको छ र? अरुले नियम नमान्दा हुन्छ भने हामीले किन मान्नु?’ भन्ने पनि भेटिन्छन्। विशेषगरी खाडीबाहेकका मुलुकबाट आउने कतिपयलाई ‘नेपाल हो, हामीले जे भने गरे पनि हुन्छ’ भन्ने दम्भ हुन्छ।

केही चिनियाँ नागरीकको ‘सबै नेपाली घुस्याहा’ देख्ने प्रवृत्तिको मार एयरपोर्ट भन्सारका कर्मचारीले खप्नुपर्छ। आफ्नो गल्ती, कमजोरी र अज्ञानता स्वीकार गर्न नसक्ने, तर जहिले पनि कर्मचारीलाई दोषी देख्ने हाम्रो परम्परागत सोच पनि छँदैछ। कथित उच्च पदस्थ राजनैतिक तथा प्रशासनिक नेतृत्वबाट देखाउने ‘अहम्’को मार पनि यहाँका कर्मचारीले खप्नुपर्छ। सुन तस्करी गर्ने तस्कारका नयाँ–नयाँ शैलीले समेत कर्मचारी हैरान हुन्छन्। तर, ती कानुनी दायरामा आएकै छन्।

अहिले त हात–हातमा हुने मोबाइलबाट हुने फेसबुक लाइभ र भिडियो रेकर्डले आत्मबल बढाउनेभन्दा काम गर्ने जोश र जाँगरमा क्षयीकरण ल्याउँछ। तर, भन्सारका सबै कर्मचारी असल छन् भन्ने मेरो दाबी होइन। हिजोका दिनहरुमा भएका गल्तीहरूको भारी अहिलेका कर्मचारीलाई बोकाउनु हुँदैन भन्ने मेरो आशय हो।

अझै पनि ‘भन्सारमा सामान चोरिन्छ, अरु त के चकलेटसम्म निकाल्छन् रे’ जस्ता निराधार हल्ला चलाइन्छ। अहिले ‘स्क्यानर मेसिन’ आएका छन्। कसैको ब्याग अरुले छुनुपर्ने अवस्था छैन। सबैतिर सीसीटीभी क्यामराको निगरानी छ। तर, हामी पुरानै दोषको भारी बोक्न बाध्य छौँ।

भन्सार कर्मचारीलाई हेर्ने दृष्टिकोण कतिपय घटनाका कारण बदलिन नसकेको हो। ३३ किलो सुन प्रकरणमा दोषी फेला परेर जेल पनि पुगिसके, अझै कतिपय गुत्थी फुक्न सकेको छैन। सर्वसाधारणका लागि त्यो घटना अझै रहस्यमय नै छ, कसैले बुझाउन सकेको छैन। यसबाट ‘एयरपोर्ट यस्तै हो’ भनेर सामान्यीकरण गर्ने काम भएको छ।

एयरपोर्टका अनेक निकायबाट कतिपय कार्यसम्पादन चित्तबुझ्दो नुहुनुमा केही कमजोरीहरू छन्। जस्तो, संघीय राजधानीमै भएको एयरपोर्टका सबै निकायमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यबोझ छ। कतिपय प्राविधिक काममा दक्ष कामदार छैनन्। तिनलाई समय–समयमा तालिमको आवश्यकता छ। कर्मचारीको मनोबल उच्च बनाउने, सकारात्मक कार्यशैली विकास गर्ने र कर्मचारी संयन्त्र चुस्त र दुरुस्त बनाउने गरी तालिम र रिफ्रेसमेन्ट योजना ल्याउनुपर्छ।

म यति बेला एयरपोर्ट भन्सार कर्मचारी हुँ भनेर गर्व गर्छु। सकेसम्म राम्रो गर्ने प्रयत्नमा छु। कामप्रति इमान्दारिता र गम्भीर छु। राष्ट्रसेवक कर्मचारीले दिनरात नभनी, महामारी नभनी सेवा गरेका छन्। त्यसैले यसको सम्मान हुनुपर्छ। तर, त्यो सम्मानका लागि हामीले पनि योग्यता र क्षमताका साथ काम गर्नुपर्नेछ।

(लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत छन्।)

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्