• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एयरपोर्ट भन्सार कर्मचारीको अनुभव : चार्ल्स शोभराजको ‘कथन’जस्तो फितलो छैन चेकजाँच

ठाकुर गाैतम सोमबार, पुस ५, २०७८  १५:१५
1140x725

म एयरपोर्टको भन्सारमा जागिर खान जानुअघि नै चार्ल्स शोभराजको ‘उक्ति’ प्रख्यात भइसकेको थियो। उनले भनेका थिए रे– त्रिभुवन विमानस्थलबाट म हात्ती पनि छिराइदिन सक्छु।

हो, म त्यही भन्सारको कर्मचारी भएर जाँदै थिएँ। तर, त्यसअघि म त्यहाँसम्म पुग्ने मेरो पृष्ठभूमि सुनाउन चाहन्छु।

पढाइ सकेर काठमाडौँबाट फेरि गाउँ नै फर्किनुपर्ने चिन्ताले म सरकारी जागिरे भएको थिएँ। सुरुमा खरदारबाट सरकारी सेवामा प्रवेश गरेँ। शाखा अधिकृत हुँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रवेश गरेँ। त्यसपछि म त्यहाँका गतिविधि निरन्तर भोगिरहेको छु, बुझिरहेको छु।

ठाकुर गाैतम

भन्सार कार्यालय मेरो लागि किन पनि अनौठो थियो भने, एयरपोर्ट सम्झिनेबित्तिकै मेरो दिमागमा उही कुख्यात अपराधी चार्ल्स शोभराजको भनिएको कथन आइहाल्थ्यो। उनले हात्ती छिराउन सक्छन् वा सक्दैनन् फरक विषय हो, तर त्यहाँबाट हुने तस्करीलाई उजागर गर्न उनको भनाइ चर्चित भयो/बनाइयो।

भन्सारका अनुभव साट्नुअघि म अलिकति विगततिर फर्कन चाहन्छु। म कुनै सम्भ्रान्त वर्गबाट आएर जागिरे बनेको थिइनँ। गाउँको मान्छे। सामान्य परिवारबाट आएर लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको थिएँ।

स्नातक तेस्रो वर्षको परीक्षा नजिकिँदै गर्दा म लोकसेवा आयोगबाट खरिदारको परीक्षामा उत्तीर्ण भएँ। स्नातकको अन्तिम परीक्षा पनि उत्तीर्ण गरेँ। अनि, शाखा अधिकृत बन्ने सपना बुन्न थालेँ। किनभने, मेरो जीवनको बाटो अब सरकारी सेवा नै भएको निश्चित भइसकेको थियो।

मलाई शाखा अधिकृतको परीक्षा उत्तीर्ण गर्न धेरै सकस भएन। शाखा अधिकृत भएपछि पहिलो पदस्थापना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भयो।

मेरो दाजु विदेश हुनुहुन्थ्यो। विदेश जाँदा दाजुलाई विदाइ गर्न र आउँदा स्वागत गर्न मात्र म विमानस्थल पुगेको थिएँ। तर, त्यहाँभित्र हुने सकारात्मक र नकारात्मक कुराहरू भने सुनेको थिएँ। विदेश जानेहरूप्रति कर्मचारीले गर्ने व्यवहार, फर्किँदा भन्सार जाँचका प्रक्रियाबारे सुनेको थिएँ। ती कति हल्ला थिए, कति सत्य थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अब त म आफैँ त्यो ठाउँमा थिएँ।

पहिलो पदस्थापना नै एयरपोर्ट भन्सारमा भएपछि मलाई अनेक थरी प्रतिक्रिया आए। कसैले मेरो ‘पहुँच’ बलियो हुँदा पहिलो ‘पोस्टिङ’ नै त्यहाँ भएको बताए। कतिले जोगिएर काम गर्न सुझाव दिए। कतिपयले भनेका थिए– एयरपोर्टको त ट्वाइलेटमा पनि सुन भेटिन्छ रे, त्यहाँ काम गर्ने मान्छे त मालामाल हुन्छन् रे।

कति आफन्तले पनि यस्तै ‘उडन्ते’ कुराले बधाई दिए। न कसैले मेरो वास्तविकता बुझ्यो, न मलाई एयरपोर्टको वास्तावकिता बुझाउन नै खोज्यो।

यी प्रतिक्रियाबाट मैले बुझेको एउटै कुरा थियो– त्यहाँ काम गर्न चुनौती छ, जोगिएर भूमिका निभाउनुपर्छ।

त्यसबेला पनि मैले चार्ल्स शोभराजलाई सम्झिएको थिएँ।

तर, त्यति बेलासम्म बागमतीमा धेरै पानी बगिसकेको थियो। धेरै परिवर्तन भइसकेको छ। एयरपोर्टबारेको आमबुझाइ भने उस्तै छ। एयरपोर्ट आफैँमा एउटा संस्था होइन, त्यहाँ काम गर्ने करिब चार दर्जन निकाय छन्। ती सबैका आ–आफ्नै कार्यशैली छन्। यी कुरा सर्वसाधारणलाई बुझाउन अझै पनि कठिन छ।

नयाँ जोश, जाँगर र उर्जा बोकेर गएका राष्ट्रसेवकहरुलाई एयरपोर्ट भन्ने बित्तिकै ‘३३ किलो सुनकाण्ड’ सम्झना आउँछ। त्यसले डर बढाउँछ र सचेत हुने अवसर पनि दिन्छ। सर्वसाधारणको कुरा गर्ने हो भने, कतिपय यात्रुलाई ‘नेपालमा कसले के गरेको छ र? अरुले नियम नमान्दा हुन्छ भने हामीले किन मान्नु?’ भन्ने पनि भेटिन्छन्। विशेषगरी खाडीबाहेकका मुलुकबाट आउने कतिपयलाई ‘नेपाल हो, हामीले जे भने गरे पनि हुन्छ’ भन्ने दम्भ हुन्छ।

केही चिनियाँ नागरीकको ‘सबै नेपाली घुस्याहा’ देख्ने प्रवृत्तिको मार एयरपोर्ट भन्सारका कर्मचारीले खप्नुपर्छ। आफ्नो गल्ती, कमजोरी र अज्ञानता स्वीकार गर्न नसक्ने, तर जहिले पनि कर्मचारीलाई दोषी देख्ने हाम्रो परम्परागत सोच पनि छँदैछ। कथित उच्च पदस्थ राजनैतिक तथा प्रशासनिक नेतृत्वबाट देखाउने ‘अहम्’को मार पनि यहाँका कर्मचारीले खप्नुपर्छ। सुन तस्करी गर्ने तस्कारका नयाँ–नयाँ शैलीले समेत कर्मचारी हैरान हुन्छन्। तर, ती कानुनी दायरामा आएकै छन्।

अहिले त हात–हातमा हुने मोबाइलबाट हुने फेसबुक लाइभ र भिडियो रेकर्डले आत्मबल बढाउनेभन्दा काम गर्ने जोश र जाँगरमा क्षयीकरण ल्याउँछ। तर, भन्सारका सबै कर्मचारी असल छन् भन्ने मेरो दाबी होइन। हिजोका दिनहरुमा भएका गल्तीहरूको भारी अहिलेका कर्मचारीलाई बोकाउनु हुँदैन भन्ने मेरो आशय हो।

अझै पनि ‘भन्सारमा सामान चोरिन्छ, अरु त के चकलेटसम्म निकाल्छन् रे’ जस्ता निराधार हल्ला चलाइन्छ। अहिले ‘स्क्यानर मेसिन’ आएका छन्। कसैको ब्याग अरुले छुनुपर्ने अवस्था छैन। सबैतिर सीसीटीभी क्यामराको निगरानी छ। तर, हामी पुरानै दोषको भारी बोक्न बाध्य छौँ।

भन्सार कर्मचारीलाई हेर्ने दृष्टिकोण कतिपय घटनाका कारण बदलिन नसकेको हो। ३३ किलो सुन प्रकरणमा दोषी फेला परेर जेल पनि पुगिसके, अझै कतिपय गुत्थी फुक्न सकेको छैन। सर्वसाधारणका लागि त्यो घटना अझै रहस्यमय नै छ, कसैले बुझाउन सकेको छैन। यसबाट ‘एयरपोर्ट यस्तै हो’ भनेर सामान्यीकरण गर्ने काम भएको छ।

एयरपोर्टका अनेक निकायबाट कतिपय कार्यसम्पादन चित्तबुझ्दो नुहुनुमा केही कमजोरीहरू छन्। जस्तो, संघीय राजधानीमै भएको एयरपोर्टका सबै निकायमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यबोझ छ। कतिपय प्राविधिक काममा दक्ष कामदार छैनन्। तिनलाई समय–समयमा तालिमको आवश्यकता छ। कर्मचारीको मनोबल उच्च बनाउने, सकारात्मक कार्यशैली विकास गर्ने र कर्मचारी संयन्त्र चुस्त र दुरुस्त बनाउने गरी तालिम र रिफ्रेसमेन्ट योजना ल्याउनुपर्छ।

म यति बेला एयरपोर्ट भन्सार कर्मचारी हुँ भनेर गर्व गर्छु। सकेसम्म राम्रो गर्ने प्रयत्नमा छु। कामप्रति इमान्दारिता र गम्भीर छु। राष्ट्रसेवक कर्मचारीले दिनरात नभनी, महामारी नभनी सेवा गरेका छन्। त्यसैले यसको सम्मान हुनुपर्छ। तर, त्यो सम्मानका लागि हामीले पनि योग्यता र क्षमताका साथ काम गर्नुपर्नेछ।

(लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत छन्।)

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्