कान्दाहार- तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन्।
अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
युद्धविरामको अवधि सकिएपछि आक्रामक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन्।
लडाकूहरूले कान्दाहार प्रान्तको स्पिन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले जानकारी दिएका छन्।
अपहरणमा परेका ४३ जनामध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार रहेको बताइएको छ।
उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टि गरेको समाचारमा जनाइएको छ। तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन्। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।