वीरगंज -‘ट्राफिक चेकिङ तथालसचेतना कार्यक्रममा यहाँलाई स्वागत छ,’ हेल्मेटको सेफ्टिबेल्ट नलगाई मोटरसाइकल कुदाउदै गरेका एक चालकको हेल्मेट मिलाइदिदै वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीले भने ‘आफ्नो तथा अन्य सडक प्रयोगकर्ताहरुको सुरक्षाको लागि ट्राफिक नियमको पालना गर्नुहोला।’
अबदेखि गल्ति नगर्न सम्झाउदै कारबाही स्वरुप हातमा चकलेट थमाइदिए।
विगतमा यसरी ट्राफिक नियम मिच्दा चालकहरुले प्रहरीको गाली खाने गरेका थिए। तर, कारबाही स्वरुप चकलेट पाएपछि चालकहरु आफैं आफ्नो गल्तीप्रति लजाए।
यो दृश्य वीरगंज महानगरपालिका ८ घण्टाघर चोकमा शुक्रबार बिहानभरी चलिरहेको थियो। अरु समय हुने चेकिङमा हुने विवाद त्यहाँ देखिएन बरु नियम उल्लघन गर्ने चालकहरुलाइ चक्लेट दिंदा चालकहरु आफैं लजाएका देखिन्थे।
प्रहरीबाट भएको सकारात्मक शैलीप्रति चालकहरु खुशी पनि देखिन्थे।
वडा प्रहरी कार्यलय श्रीपूर र सामुदायिक सेवा केन्द्र, मुर्लीको आयोजनामा सो सचेतना कार्यक्रम आयोजना भएको हो। कार्यक्रमा वडा प्रहरी कार्यलय कार्यलय प्रमुख प्रहरी निरीक्षक कुमार प्रसाद मैनाली, ट्राफिक प्रहरी, सामाजिक अभियन्ता प्रकाश थारु, सामुदायिक सेवा केन्द्र, मुर्ली पदाधिकारीहरुका साथै पत्रकारहरुको समेत उपस्थिति थियो।
नेपाल प्रहरीले प्रोएक्टिभ पुलिसिङ मार्फत 8मा शान्ति सुरक्षा तथा अनुशासन कायम गरी टोलटोलमा प्रहरी अभियान अन्तर्गत सचेतना कार्यक्रम संचालन गरिएको प्रहरी निरीक्षक मैनालीले बताए। यस्ता सचेतनामुलक कार्यक्रम मार्फत सांकेतिक रुपमा सन्देश प्रवाह हुने र 8मा सकारात्मक परिवर्तन आउने बिश्वास उनको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।