नुवाकोट– जिल्ला ट्राफिक कार्यलय नुवाकोटले चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा १७ हजार ७ सय सवारीसधानलाई कारवाही गरी १ करोड १० लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।
त्रिदेशीय मार्गका रुपमा रहेको नुवाकोटको विभिन्न रुटमा चल्ने सवारी साधनमध्ये १७ हजार ७ सय कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नबोकी सवारी साधन चलाउने, झुन्डिएर यात्रा गराउने, बिना हेल्मेट मोटरसाइकल हाँक्ने, मदिरा सेवन गरी सवारी चलाउने लगायतका ट्राफिक नियम उल्लंघनमा कारबाही भएको ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भुबहादुर अधिकारीले बताए।
ट्राफिक कार्यलय नुवाकोटका अनुसार जिल्लामा अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटना न्यूनीकरण भएको छ। जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम पालनामा कडाइ गर्न, दुर्घटना न्यूनीकरण र यात्रुको सहज यात्राका लागि ट्राफिक प्रहरी मिहिनेतका साथ खटिएको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनबाट ९५ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।