• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गगन थापा भन्छन्– स्वास्थ्यमा नीतिगत काम थाती राखेर फेरि शून्यबाटै काम गर्न खोजियो

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०८:३८
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा नबुझेर हचुवाको भरमा कार्यक्रम ल्याएको बताएका छन्।

स्वास्थ्यका क्षेत्रमा सरकारले प्राथमिकता दिएका र ल्याएका कार्यक्रमहरु हेर्दा स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याइँ गरिएको उनले बताए। विगतमा स्वास्थ्य क्षेत्रमा भएका नीतिगत उपलब्धि र कामलाई पूर्ण रुपमा बेवास्ता गर्दै पुन: शून्यबाट काम अगाडि बढाउन खोजिएको भन्दै उनले शुक्रबारको संसद् बैठकमा ध्यानाकर्षणसमेत गराएका छन्।

'बजेट विनियोजन गर्दैगर्दा र स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रम तयार गर्दैगर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई यो अहिलेको अवस्थाको चुनौती र जिम्मेवारीको बारेमा हेक्का नरहेको मेरो आफ्नो मूल्यांकन छ,' पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, 'नीतिगत कामलाई अलग गरेर फेरि शून्यबाट प्रारम्भ गर्न खोजिएको जस्तो देखिन्छ। यसबाट परिणाम नआउने हुँदा गम्भीर भएर यसमा सोच्न आग्रह गर्दछु।’

संसदमा थापाले व्यक्त गरेको धारणाको सम्पादित अंश :

स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न खर्च शीर्षकमा एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न उभिएको छु। स्वास्थ्य मन्त्रालय अन्तर्गत गत वर्षको तुलनामा यो वर्ष बजेटमा राम्रै बढोत्तरी भएको छ। म सरकारलाई धन्यवाद दिन चाहन्छु। तर यो बजेट विनियोजन गर्दैगर्दा र स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रम तयार गर्दैगर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई यो मन्त्रालयको अहिलेको अवस्थाको चुनौती र जिम्मेवारीको बारेमा हेक्का नरहेको मेरो आफ्नो मूल्यांकन छ। कि त यो अज्ञानता हो कि त आग्रह हो।

मन्त्रालय कार्यक्रम तय गर्दैगर्दा योभन्दा अगाडि मन्त्रालयले आफैँले गरिरहेका थुप्रै नीतिगत प्रयासलाई छाडेको छ बिर्सेको छ। संघीयताको जुन चरणमा हामी छौं, खासगरी स्वास्थ्यका क्षेत्रमा अझै चुनौतीपूर्ण छ। पाकिस्तान जस्तो देशले संघीयतामा गइसकेपछि स्वास्थ्यको जिम्मेवारी तल्लो तहलाई दिएर गर्न नसकेर फेरि केन्द्रमा फर्काएको तितो अनुभव हामीले पटकपटक सुनेका छौं। हाम्रो सन्दर्भमा पनि हामीले स्वास्थ्यका धेरै जिम्मेवारी तल्लो तहलाई दियौँ। तर, यो अरु मन्त्रालयमा गरेको निर्णय जस्तो सजिलो छैन। यसको जनशक्तिको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण छ। 

हामीले एउटा गाउँपालिका वा वडा भनेर भूगोल तय गरेको भए पनि नागरिकहरु आफ्नो सुविधा वा सेवा लिन आफ्नो भूगोललाई नाघेर अर्को स्वास्थ्य संस्थामा जाने गरेको हामीले यत्रतत्र देखिरहेका छौं। हाम्रो संरचनाको अवस्था अत्यन्त कमजोर छ। यहीबीच हामीले स्वास्थ्यलाई संविधानमा नै मौलिक हक भनेर तय गरेका छौं। कतिपय विषयमा स्वास्थ्य मन्त्रालय एक्लैले गर्नुपर्नेछ भने कतिपय अवस्थामा अरु मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ। 

जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्यसम्बन्धी ऐन लगायतका थुप्रै ऐन हामीले मन्त्रालयमा प्रारम्भ गरेका थियौँ। यी सबै कामलाई असोजभित्र सम्पन्न गरिसक्नुपर्नेछ। तर, यी विषयमा कुनै पनि काम अगाडि बढेको छैन। यसमा मन्त्रालय सम्पूर्ण रुपमा उदासीन छ।

Ncell 2
Ncell 2
nimb
nimb

आधारभूत स्वास्थ्य सेवा हाम्रो संविधानले नि:शुल्क गरेको छ र प्रत्येक नेपाली नागरिकलाई हो भनेर बोल्दछ। आधारभूत स्वास्थ्य सेवालाई हामीले जनस्वास्थ्य ऐनबाट परिभाषित गर्नुपर्नेछ। त्यसभित्र नसमेटिएका विषयहरुलाई स्वास्थ्य बिमाले समेट्ने हो। र, स्वास्थ्य बिमाभित्र पनि बिमा गर्न नसक्ने मानिसको प्रिमियम राज्यले तिरिदिने हो। तर, यतिसम्म पनि नबुझिएको हो वा यसमा हेलचेक्र्याइँ गरिएको हो? 

सरकारले आफ्नो बजेट वक्तव्यमा भनेको छ– आभारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि बिमाको कार्यक्रम विस्तार गर्छु। तर आधारभूत स्वास्थ्यसँग बिमाको सम्बन्ध नै छैन। बिमाले आधारभूत स्वास्थ्य सेवाभन्दा छुट्टै गर्ने हो। बिमा त्योभन्दा फरक विषय हो। 

त्यसमाथि सरकारले बिमा भन्दै गर्दा के मात्र बुझेका छौं भने यति जिल्लामा लैजानेछौं। म आउनुभन्दा पहिला ३ जिल्लामा यो कार्यक्रम चलेको थियो। त्यसलाई हामीले १५ मा पुर्यायौं। अहिले ४० स्थानमा पुग्ने अवस्था छ। तर यो बिमा होइन, यो पाइलट कार्यक्रम मात्र हो। बिमाको सन्दर्भमा कानुन नै बनेर कानुनले नै तय गरिसकेपछि अब यो नागरिकको अधिकार हो। सरकारको जिम्मेवारी हो। यसको सन्दर्भमा यो वर्ष हामीले केही पनि बोलेका छैनौं। कार्यक्रमको भरमा हुने हो भने अहिले जति पनि बिमित भएका छन्, तिनीहरु नवीकरणमा आउने छैनन्। कानुन बनेपछि त्यसको नियमावली, संरचना बनाउने र गुणस्तर स्थापना गर्ने कुरा, निजी क्षेत्रले पनि बिमाको सेवा दिने भएकाले त्यसको नियमन कसरी गर्ने भन्ने कुनै पनि विषयमा मन्त्रालयले थाहा नपाएको वा नजानेको हो? बजेट वक्तव्यमा कहीँ पनि देखिँदैन।  

स्वास्थ्यमा जहाँ जाँदा पनि मलाई भवन बनाइदिनुपर्यो, स्तरोन्नति गरिदिनुपर्यो भन्ने मात्र छन् र हामीले पनि त्यही आधारमा हुकुमी शैलीमा गर्दै जाने? यो कारणले गर्दा अर्को २०/३० वर्ष पनि यस्तै अवस्था रहन्छ भन्ने अवस्थालाई हेरेर हामीलाई सिंगो आवश्यकता कति छ? कहाँकहाँ भवन बनिरहेका छन्, कहाँ बनाउनुपर्नेछ, कहाँ उपकरणको अवस्था के छ, कहाँ जनशक्तिको अवस्था के छ सबैलाई हेरेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना बनाइएको थियो। सात वर्षका निम्ति भनेर उक्त परियोजना मन्त्रिपरिषद्‌बाट पास पनि भएको थियो। त्यसका आधारमा जिल्ला, अञ्चल अस्पताल होइन प्राइमरी, टर्सरी, सेकेन्डरी अस्पताल रहने मापदण्ड बनाएको थियो। तर, स्वास्थ्य मन्त्रालयले ती सबै कामलाई पूर्ण रुपमा छाडेर फेरि पहिलादेखि पुरानै रुपमा जाने भएको छ। 

Xtrem

Xtrem

अल्पकालीन रुपमा पनि निक साइमन्स इन्स्टिच्युटबाट १८ वटा जिल्ला अस्पतालमा पार्टनरसिप चलिरहेको छ। १० वटामा सम्झौता गरेका थियौँ। र, निजी मेडिकल कलेजसँग महिनाको जम्मा ५ लाख रुपैयाँमा २४ घन्टा आकस्मिक सेवासँगै प्रसूति, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी विशेषज्ञको सेवा दिनका लागि काम अगाडि बढेको थियो। यो कामका लागि वार्षिक ३० करोडभन्दा पनि कम पैसा खर्च हुन्थ्यो। ३० करोडभन्दा कम पैसामा ७७ जिल्ला अस्पतालमा आजकै मितिमा २४ घन्टा आकस्मिक सेवासहितको विशेषज्ञ सेवा दिने कार्यविधि बनाएर छाडेर आएका थियौँ। तर त्यो पनि हरायो। अब त्यो कामलाई छाडेर अहिले घुम्ती अस्पताल आएको छ। 

सात वर्षमा ३३ सय विशेषज्ञ डाक्टर चाहिन्छ। हामीले अञ्चल अस्पतालमा तीन वर्ष पढाउने कार्यक्रम बनाएका थियौं। यसरी पढेका डाक्टरले तीन वर्ष सम्बन्धित क्षेत्रमा गएर काम गर्ने कार्यक्रम थियो। यसले सात वर्षमा आवश्यक पर्ने ३३ सय विशेषज्ञको ग्यापलाई नजिक नजिकले पूरा गर्थ्यो। तर त्यसलाई पूरै बेवास्ता गरेर फेरि यति वडामा स्वास्थ्य चौकी बनाउँछौं, यति बेडको अस्पताल बनाउँछौं भन्नेमा गएको छ। 

औषधिका सम्बन्धमा पनि हामीले भारत र बंगलादेशबाट सरकारी रुपमा नै खरिद गर्ने काम अगाडि बढाएका थियौँ। हामीले त्यतिबेला भारतको स्वास्थ्य मन्त्रालयसँग कुरा गरेर सिधै कम्पनीसँग खरिद गरेर १५ सय प्रतिशतसम्म सस्तो औषधि ल्याउने काम भएको थियो। त्यो प्रतिवेदन पनि थन्किएको छ। मुख्यसचिवसँग पटकपटक यो विषयमा फलो गरेँ। तर, यो अगाडि बढ्नेवाला छैन। 

नसर्ने रोगको क्षेत्रमा पनि हामीले जनता स्वास्थ्य केन्द्र भन्ने नयाँ अवधारणा ल्याएका थियौँ। विश्वभर सराहना भयो तर त्यो पनि काम अगाडि बढेन। सिकलसेलमा पनि अनुसन्धान र उपचार गर्ने भनिएको छ तर बजेट जम्मा ४५ लाख छ। त्यसले के काम होला? 

यति धेरै नीतिगत कामलाई अलग गरेर फेरि शून्यबाट प्रारम्भ गर्न खोजिए जस्तो देखिन्छ। यसले परिणाम आउँदैन। त्यसैले गम्भीर भएर यसमा सोच्न सरकारसँग, उपप्रधान तथा स्वास्थ्यमन्त्रीसँग आग्रह गर्दछु।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्