• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको हेटौंडा भेला सम्पन्न

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०५:५४
1140x725

हेटौंडा– २१ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ। भेलाले पारित गरेको ‘हेटौंडा घोषणापत्र’ काभ्रेका सभापति मधु आचार्यले वाचन गरी सुनाएका थिए। 

घोषणापत्रमा महासमितिको बैठकको मिति र स्थान अविलम्ब तोक्न घोषणापत्रमा पार्टी नेतृत्वसमक्ष आग्रह गरिएको छ। 

 त्यस्तै प्रत्येक २/२ वर्षमा जिल्ला सभापतिहरुको भेला गर्नुपर्ने, प्याकेज तुर्जमा गरी यो वर्षलाई देशव्यापाी रुपमा ‘प्रशिक्षण वर्षका रुपमा मनाउन माग गरिएको छ।

भूकम्पपीडितलाई थप एक लाख दिने, ६५ वर्षमा बृद्धभत्ता दिने जस्ता शेरबहादुर देउवा सरकारका निर्णयहरु केपी ओली नेतृत्वको सरकारले उल्टाएकाले ती कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरेको छ। 

गत ५ गतेदेखि राष्ट्रिय भेला सुरु भएको थियो। बिहीबार नै सकिएको बताइए पनि भेला एक दिन लम्बिएको हो।

सुरुमा १९ बुँदे घोषणापत्र जारी गरिएकोमा पछि २ बुँदा थपेर २१ बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो।  

यस्तो छ घोषणापत्र:

    नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला (२०७५ द्वारा पारित
                                                      हेटौंडा घोषणा –पत्र

Ncell 2
Ncell 2
nimb
nimb


नेपाली कांग्रेसले जन्मकालदेखिनै नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै जीवन उत्सर्ग गर्नुहुने महान योद्धाहरू एवं आदरणीय नेताहरु वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुप्रति गौरव गर्दछ ।
 
पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले दोश्रो जनआन्दोलन ०६२र०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचन गर्न सफल नेतृत्व प्रदान गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आदरणीय नेता गिरिजा प्रसाद कोइरालालाई सम्मान पूर्वक स्मरण गर्दछ । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गरि राष्ट्रिय आवश्यकतालाई सम्वोधन गर्ने कार्यमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय नेता  सुशील कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।

संधिवान कार्यान्वयनको कार्य चुनौतिपूर्ण रहेको तत्कालिन परिस्थितिमा नेपाली कांग्रेसको नेतृत्वमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गरि संविधानको कृयाशीलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री श्री शेरवहादुर देउवालाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

सात दशक भन्दा लामो बलिदानी पूर्ण संघर्ष र संविधानसभा मार्फत संविधान निर्माण एवं यसको कार्यान्वयन गर्न नेपाली कांग्रेसले प्रदान गरेको सफल नेतृत्व तथा मूलुकमा उदार लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न प्राप्त आफ्नो राजनीतिक विजय प्रति गौरव गर्दै आगामी दिनमा नेपाली कांग्रेस पार्टीको संगठन थप सबल, सदृढ, आधुनिक एवं प्रभावकारी बनाउने जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला अठोट  गर्दछ ।

Xtrem

Xtrem

१।  पार्टी विधानसम्वन्धी बिभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी  आगामी महासमिति बैठकबाट बिधान संसोधन एवं परिमार्जन हुने कुरामा यो भेला विश्वास ब्यक्त गर्दछ ।

२।  विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै जिल्ला सभापतिहरुको  यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरुको सामना गर्न एकताबद्ध भै सशक्त ढंगले अघि बढ्ने संकल्प गर्दछ । 

३।   केन्द्रिय समितिको बैठकले ूराष्ट्रिय जागरण अभियानू प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवस्यक कार्यक्रम तर्जुमा गरिअविलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो पुरै बर्षलाई ूप्रशिक्षण बर्षू को रुपमा अघि बढाऊन पार्टी केन्द्रलाई यो  भेला अनुरोध गर्दछ ।

४। जिल्ला सभापतिहरुको समेत प्रतिनिधित्व हुनेगरी अबिलम्ब बिधान मस्यौदा समिति गठन गर्न केन्द्रीय कार्य समितिलाई यो भेला अनुरोध गर्दछ । 

५। महासमितिको बैठकको स्थान र मिति अबिलम्ब तोक्न यो भेला केन्द्रीय कार्य समितिलाई हार्दिक अनुरोध गर्दछ ।

६। प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।

७। पार्टी भित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता , सहअस्तित्व र  सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालार्इ अक्षरश कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्व समक्ष यो भेला हार्दिक अनुरोध गर्दछ ।

८। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी वनाइनेछ । 

९।  संबिधानसम्मत हुने गरि सबै तहको संरचना निर्माण गर्न आबश्यक कार्यविधि बनाउन केन्द्रिय कार्यसमितिलाई यो भेला अनुरोध गर्दछ ।

१०। अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ(सस्थाहरूको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिबेशन गर्न पार्टी केन्द्रीय समितिलार्इ यो भेला अनुरोध गर्दछ ।

११। कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया,  मौलाउदै गएको दण्डहिनता  आदिबाट वर्तमान सरकार सर्वसत्तावाद(उन्मूख रहेको प्रष्टछ । अतस् लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने अधिकार  लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृढतापुर्वक उभिने प्रण गर्दछ ।
 
 १२। कम्युनिष्ट सरकार बनेपछि आम नागरिकले चर्को मुल्यबृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलाले गम्भिरतापूर्वक लिएको छ । मुल्यबृद्धि बारे एकातर्फ प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति र मूल्य वृदीको विरोधमा आम विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रस्ट्याएको छ । यसै क्रममा   नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता  घटना दोहोरिएमा यो   भेला सरकारबिरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।

१३। निर्वाचनको बेला स्थीरताको नारा दिने तर शासन(प्रणालीलाई नै अस्थिरता तर्फ धकेल्ने गरि राष्ट्रपतीय प्रणाली बारे  आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्वारा निर्मित वर्तमान संविधानलाई विफल पर्ने षडयन्त्रको रुपमा लिन्छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने, लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्न उध्द्यत तत्वहरुलाई सहयोग पुर्याउने खतरातर्फ सचेत गर्न चाहन्छ ।

१४। तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत   रहेको भेला ठहर गर्दछ । 

१५। संविधान निर्माण तथा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराई मधेशमा रहेको भावना समेतलाई ध्यानमा राखि तत्कालीन समयमा नेपाली कांग्रेस नेतृत्वमा रहेका सरकारहरुले गरेको संविधान शंशोधनको प्रस्तावलाई राष्टघात भन्ने हरु नै आज संसोधन आबश्यक रहेको निष्कर्षमा पुग्नु तिनको नैतिक पराजय र हाम्रो राजनैतिक विजय हो । शंसोधन गर्छौं भन्ने तर अलमल्याइ राख्ने र त्यसलाई सत्ताको सौदावाजीका लागि प्रयोग गर्ने प्रबृत्तिलाई मधेसमाथिको नयाँ षडयन्त्र हो ।

१६। नेपाली कांग्रेसको नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने , क्यान्सर , मृगौला रोगी ,स्पाइनल    इन्ज्युरी लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५००० उपलब्ध गराउने , ६५ बर्ष   उमेरमाथिका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने जस्ता बिगतका जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षा प्रतिको सम्बेदनहिनतालाई उदाङ्गो पारेको  छ । अबिलम्ब यी कार्यक्रमहरुलाई निरन्तरता दिन यो भेला जोडदार माग गर्दछ ।

१७। नेपालको  संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेतलाई कुण्ठित गर्दै वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट बिनियोजनले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउदै लगेबाट यो सरकार संघियताबिरोधि बाटोमा अग्रसर भएको प्रस्ट हुन्छ । यो भेला संबिधान बिरोधि कार्यको भत्सर्ना गर्दछ ।

१८। वर्तमान सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको छ । पूर्वाग्रहपूर्ण   ढङ्गले क्रमागत बहुबर्षीय विकास निर्माणका योजनाहरु समेत कार्यक्रमबाट हटाइएका प्रति यो भेला गम्भीर आपत्ति प्रकट गर्दछ ।

१९। देसैभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण , अलग विचार राख्ने नेता कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने , गिरफ्तार गर्ने , मुद्दा चलाउने  जस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दुरासयपूर्ण यस्ता गतिबिधि तत्काल बन्द नगरिए  यो भेला देशब्यापी आन्दोलनमा उत्रिने चेतावनी दिन्छ ।

२०। द्वन्दकालमा कब्जा गरिएका जग्गा सम्वन्धितले नै प्राप्त गर्नु पर्ने विगतको सम्झौतालाई स्मरण गराउँदै त्यसभन्दा विपरित गर्न लागिएको षडयन्त्रलाई गम्भिरता पूर्वक लिदै भेलाले आपत्ति व्यक्त गरेको छ ।

२१।  नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजन गर्ने केन्द्रिय कार्यसमिति तथा आतिथ्यपूर्ण व्यवस्थापन   
गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्लालाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ । 
 


 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने
सम्बन्धित सामग्री
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) आगामी २१ देखि २३ मंसिरसम्म आयोजना हुने महाधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले देउवा समूहले सातै प्रदेशका ५५ भन्दा बढी ज... शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करिब... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्