बेइजिङ– चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीनको स्वशासित क्षेत्र ल्हासा प्रस्थान गर्दै छन्। राजधानी बेइजिङमा महत्वपूर्ण राजनीतिक भेटवार्तापश्चात् प्रधानमन्त्री ओली आज ल्हासा जान लागेका हुन्।
ल्हासामा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बिहीबार ग्रेट हल अफ द पिपुल्समा चिनियाँ समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको थियो। भेटवार्तापछि प्रधानमन्त्री ओलाीको सम्मानमा खछ्याङले वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका थिए। सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।