जेरुसेलम– आर्थिक छली गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई बिहीबार सजाय तोकिएको छ।
छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय सुनाइएको कानुन मन्त्रीले बिहीबार जानकारी दिए।
जेरुसेलमको जिल्ला वकिलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन्।
आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरुलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि १ लाख अमेरिकी डलर खर्च भएको भन्ने विषयमाथि गरिएको छानविनमा ५९ वर्षीय साराले जरिवानाको सजाय पाएकी हुन्।
उनीमाथि घुस लिएको, झूटो बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ।
सारासँगै प्रधानमन्त्री कार्यालयका पुर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।