काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बजार अनुगमनका क्रममा दुई व्यापारीलाई पक्राउ गरेको छ।
मिति गुज्रिएका र उपभोग्य मिति नभएका खाद्यान्न राख्ने बानेश्वरस्थित फुड एन्ड इलाइट स्टोरका सञ्चालक सुवास मैनाली र कलंकीस्थित माँ माया ट्रेडर्सका सञ्चालक अभिशेक जयसवाललाई पक्राउ गरिएको विभागका विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए। दुवैलाई प्रहरीको जिम्मा लगाइएको उनले बताए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको निर्देशनपछि विभागले बुधबारदेखि बजार अनुगमन तीव्र पारेको हो। बुधबार मिति गुज्रिएका सामान बेच्ने ७ व्यवसायीलाई विभागमा उपस्थित गराई प्रहरीको जिम्मा लगाइएको थियो। विभागमा ल्याएर प्रहरीको जिम्मा लगाउँदा व्यापारी र तिनका आफन्तले अवरोध गरेका थिए।
त्यसैले बिहीबार अनुगमनका क्रममा विभागको टोलीले प्रहरीलाई साथै लिएर गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।