काठमाडौं– पर्याप्त छलफल नगरी शिक्षा,प्रविधि तथा विज्ञान मन्त्रालयले पाठ्यक्रम परिमार्जन गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ‘पाठ्यक्रम प्रारुप २०७५’ लाई लिएर नेविसंघले बिहिबार पाठ्यक्रम विकाश केन्द्रका निर्देशक कृष्ण काप्रीलाई ध्यानकर्षणपत्र बुझाएको छ।
अहिलेको प्रारुप विज्ञान र गणित विरोधी भएकाले निर्देशक काप्रीलाई प्रतिकात्मक रुपमा क्यालकुलेटर हस्तान्तरण गरेको छ ।
ध्यानाकर्षण कार्यक्रममा बोल्दै नेविसंघका हामन्त्री कुन्दन काफ्लेले अहिलेको प्रारुपलाई यतिकै लागू हुन नदिने तथा यसको छलफलको दायरा बढाउँदै सरोकार सबै पक्षसँग छलफल गर्न समेत माग गरे।
नेविसंघले पाठ्यक्रम पारुप कार्यान्वायन तत्काल रोकिनुपर्ने, विज्ञान विषयमा अध्ययन गर्न चाहने विद्यार्थीको हकमा गणित विषय अनिवार्य नबनाउनु गलत भएको नेविसंघको भनाई छ।
अहिले प्रस्तुत पाठ्यक्रम लागु भएमा नेपालको शैक्षिक स्तरमा ह्रास आउने भएकाले विस्तृत छलफल गर्दै परिमार्जनपछि मात्र लागू हुनुपर्ने नेविसंघका नेता हरि आचार्य बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।