काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगी सेनाको नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छिन्।
सेनाका विभिन्न विभागका रथी तथा अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु बारे राष्ट्रपछि भण्डारीलाई जानकारी गराएका थिए।
कार्यक्रममा राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आईरहेका बताए।
प्रस्तुतिकरण पश्चात आफ्नो मन्तव्य दिने क्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
कार्यक्रमको अन्त्यमा सम्माननीय राष्ट्रपति भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छिन्। नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाभैंm सम्पन्न गर्न निर्देशन उनले निर्देशन दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।