राजविराज– प्रसिद्ध गायक उदितनारायण झाको सप्तरीस्थित घरमा बिहीबार करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ।
भारतको सुपौल जिल्ला कचौटपट्टी ६ का करिब २५ वर्षीय सञ्जीव यादवको करेन्ट लागेर मृत्यु भएको हो। गायक झाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित घरमा निर्माण सम्बन्धी काम गर्दैगर्दा यादवलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
घरको तेस्रो तला थप्ने कार्य भइरहेका बेला रड सोझ्याउन खोज्दा घर नजिकै रहेको ३३ हजार भोल्टको तारमा टाँसिएपछि यादव सिकिस्त भएका थिए। उनलाई उपचारर्थ तत्कालै भारदह अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिए।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।