काठमाडौं– नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा हेक्टर एसयूभी सार्वजनिक गरेको छ।
१.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सीभीटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टरएमटीको मूल्य ५९.९९ लाख र हेक्टर सीभीटीको मूल्य ६४.९९ लाख रहेको छ ।
सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ। एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर१७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन्।
एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ ।
भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ ।यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयूभिहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।