सिमालुङ्गाउन– इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका यात्रुमध्ये ४ जनाको मात्रै शव भेटिएको छ।
गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवितै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाइ छ।
खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन्। सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ। डुङ्गा धनी पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ।
दुर्घटनामा कम्तीमा १ सय ९३ व्यक्ति बेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ।
उनीहरुको खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन्। तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन।
इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो।
डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन्।
तर हराएका यात्रुलाई अब जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ। उक्त डुङ्गामा विना टिकट नै यात्रा गराइएको प्रहरीले जनाएको छ।
इन्डोनेसियामा गतहप्ता सुलावेसी द्वीपमा पनि एक डुङ्गा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए। तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जिवितै उद्वार गरिएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।