• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

फुटबल पारखी डाक्टर : विश्वकप छाडेर बिरामीको उपचारमा

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  ०७:४३
1140x725

काठमाडौं- सन् २०१४ को विश्वकप ब्राजिलमा चलिरहेको थियो। डा विप्लव सापकोटा आवासीय चिकित्सकका रुपमा वीर अस्पतालमा हाडजोर्नी विषयमा अध्ययन गरिरहेका थिए। 

अस्पतालको काम सकेर उनी फुटबल हेर्न पुगेका थिए। फुटबलले उनमा रोमाञ्चकता थपिइरहेको थियो। यत्ति नै बेला 'इमर्जेन्सीमा बिरामी आएको छ' भनेर उनलाई खबर आयो।

डाक्टरको धर्मले उनलाई फुटबल हेरिरहन भनेन। लगत्तै तयार भएर अस्पताल दौडिए। 'त्यो समय धेरै पटक मलाई त्यस्तै पर्यो,' डा सापकोटाले सम्झिए, 'आनन्दले म्याच हेरिरहेको हुन्थेँ तर बीचमै छाडेर अस्पताल जानुपर्थ्यो। उता खेल चलिरहेको हुन्थ्यो। हामी शल्यक्रिया र अरु उपचारमा व्यस्त हुन्थ्यौँ।’ डाक्टरको पेसा नै सेवामुखी भएकाले बिरामीको उपचार नै पहिलो प्राथमिकता भएको उनी बताउँछन्।

एमबिबिएस अध्यनका समयमा भने उनी होस्टलमा बस्थे। त्यसबेला उनले सन् २००२ र २००६ को विश्वकप होस्टलमा रहँदा नै हेरेका हुन्। होस्टलको नियम निकै कडा थियो। फुटबल हेर्न जान्छन् भनेर प्रिन्सिपलले गेटमा ताल्चा लगाउने व्यवस्था गरेका थिए। तर, विश्वकप फिभर चढिसकेकाले ताल्चाले पनि उनलाई रोक्न सकेन। उनी साथीहरुसँगै मिलेर पर्खाल नाघेर बाहिरिन्थे। 'पर्खाल नजिकै रुख थियो। हामी त्यसमा चढ्थ्यौं र पर्खाल नाघेर बाहिर निस्कन्थ्यौं,' उनले सुनाए, 'फुटबल हेरिसकेपछि पुन: पर्खाल र रुखबाट होस्टलमा फर्कन्थ्यौं।' एकदिन प्रिन्सिपलले उनीहरुको बदमासी थाहा पाएछन्। त्यसछि प्रिन्सिपलले गरेको गाली अहिले पनि उनी सम्झिइरहन्छन्।

मोजाको फुटबल
पर्वतमा जन्मिए पनि डा सापकोटा सानैदेखि भैरहवास्थित मामा घर बस्न थाले। त्यहीँ साथीभाइसँग मिलेर मोजाको बल बनाएर खेलेको अझै सम्झन्छन् उनी। यो क्रम ५/६ कक्षा पढ्दासम्म चलिइरह्यो। मोजाको बलले मात्रै उनीहरुको इच्छा पूरा भएन, आपसमा पैसा उठाएर फुटबल किने। यसपछि त सबैमा उत्साह थपियो। साथीसाथीबीच टिम बनाएरै टोलमा फुटबल खेल्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

भैरहवाबाट उनी पढाइका लागि बाग्लुङ चढे। त्यहाँको कालिगण्डकी बोर्डिङमा पढ्दा ७ कक्षामा उनी हाउस क्याप्टेन नै थिए। 'त्यतिबेला स्कुलमा हुने फुटबल प्रतियोगिता म छुटाउँदैन थिएँ,' उनी भन्छन्, 'तर त्यसपछि भने पढाइको प्रेसरले नियमितता दिन सकिनँ।'

७ कक्षापछि टुटेको उनको फुटबलसँगको प्रेम एमबिबिएस अध्ययनका लागि वीरगन्ज झरेपछि पुन: जोडियो। त्यहाँको नेसनल मेडिकल कलेजमा अध्ययन सँगसँगै उनले स्थानीय कलबसँग आबद्ध भएर फुटबल म्याच खेलिइरहे। 'एकातिर पढाइलाई पनि निरन्तरता दिनुपर्ने, अर्कातिर फुटबलको मोह,' उनी भन्छन्, 'हामीमा धेरै प्रक्टिस नभएर होला प्राय: गेम हारिन्थ्यो।' 

एमबिबिएसपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विशेषज्ञ तहको पढाइ सुरु गरे। त्यति बेला त फुटबल खेल्ने मौकै मिलेन। बिरामीको उपचारमा नै बढी व्यस्त हुनुपर्ने भएकाले त्यो अवसर जुटेन। 

Xtrem
Xtrem

मेसीको फ्यान
डा सापकोटा अर्जेन्टाइन फुटबलको फ्यान रहेछन्। सानो उमेरमा म्याराडोनाको खेल हेरेकाले उनको खेल कौशलबाट निकै प्रभावित भएको उनले सुनाए। म्याराडोनाले विश्वकप खेल्दा घरमा टिभी थिएन। तर, उनी टिभी भएको नजिकैको घरमा पुगेर म्यारोडोनाको खेल हेर्थे। 

अहिले भने उनलाई मेसीको खेल औधी मन पर्छ। त्यही भएर अर्जेन्टिनाको खेल छ भने रातिसम्म बसेर पनि हेर्न छुटाउँदैनन् उनी। ‘४ वर्षमा आउने भएकाले होला विश्वकप छुटाउन मन लाग्दैन। तर ड्युटीका कारण कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि छुटाउनुपर्दा नरमाइलो लाग्छ,’ उनले बाध्यता सुनाए।

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्