समूह सी
फ्रान्स भर्सेस पेरु
समय – असार ७ गते, राति ८:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपअन्तर्गत समूह 'सी' को दोस्रो खेलमा आज राति फ्रान्स र पेरुबीच भिडन्त हुँदैछ। जितले फ्रान्सको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ। पेरुलाई पनि दोस्रो चरण पुग्न जित नै आवश्यकता छ।
फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेपनि सोचेअनुरुप खेल्न सकेन। त्यसैले फ्रान्सलाई आफ्नो खेल सुधार गर्न पर्ने चुनौती छ। विश्वका उत्कृष्ट मिडफिल्डर र फरवार्ड भएको फ्रेन्च टिमले 'एट्याकिङ थर्ड' (विपक्षी क्षेत्र) दबाब बढाए गोल निकाल्न गाह्रो पर्नेछैन।
पेरुका लागि पहिलो खेल दुखदायी रह्यो। डेनमार्क विरुद्ध पाएको पेनाल्टी पनि सदुपयोथ गर्न नसक्दा पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको खेलमा पराजित भयो। अब पेरुलाई बलियो टिम फ्रान्ससँग खेल्न दबाव परेको छ। प्रत्येक क्षेत्रमा सुधार गरे पेरुले जित निकाल्न सक्ने अवस्था नभएको पनि होइन।

फ्रेञ्चमा अहिले मिश्रित भावना छ। पहिलो खेलमा हात पारेको ३ अंकले फ्रान्सलाई सहज त भएको छ तर सोचे अनुरुप खेल्न नसक्दा दबाब थपिएको छ। त्यसलै पेरु विरुद्धको खेलमा प्रशिक्षक डिडियर डेस्चाम्सले युवा खेलाडीलाई विश्वास गर्लान् वा ओलिभर जिरुड र माटुइडीलाई स्थान देलान्?, त्यो हेर्न बाँकी छ।
पहिलो खेलमा पराजित भएको पेरुले अझै हार मानिसकेको छैन। बलियो प्रतिद्वन्द्वी भएपनि पेरु जित हात पर्न सकिनेमा विश्वस्त छ। उसले धैर्यपूर्वक खेलेर फ्रान्सलाई स्तब्ध पर्ने रणनीति बनाएको छ।
दुवै टिम पछिल्लो समय एकअर्कासँग जानकार छैनन्। फ्रान्स र पेरुबीच सन् १९८२ मा खेल भएको थियो। खेलमा पेरुले फ्रान्सलाई १–० गोलले हराएको थियो।
सम्भावित टिम
फ्रान्स
हुगो लोरिस, बेन्जामिन पभार्ड, स्यामुयल उम्टिटी, राफायल भारान, लुकास हर्नान्डेज, ब्लासी माटाउटी, एनगोलो कान्टे, पाउल पोग्वा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुउड
पेरु
पेड्रो गालिस, लुइस अडभिन्चुला, अल्बार्टो रोद्रिगेज, क्रिस्टियन रामोस, मिगुइल ट्राउको, पेड्रो एक्युनव, योशिमार योटोन, इडिन्स फ्लोरेस, एडिन्स फ्लोरेस, जेफर्सन फर्माफन, पाउलो गुइरेरो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।