एजेन्सी– २०१८ फिफा विश्कवपमा सहभागी डेनमार्कका एक खेलाडी निजी विमान चाडेर स्वदेश पुगेका छन्। डिफेन्डर जोनास कनुडसेन भर्खरै जन्मिएकी आफ्नी छोरी भेट्न डेनमार्क पुगेका हुन्।
उनकी श्रीमतीले ६ दिनघि छोरीको जन्म दिएकी थिइन। त्यति बेलमा जोनास रसिया आइपुगिसकेक थिए। छोरी जन्मिएको समयमा त्यहाँ हुन नसेकेका उनीलाई पेरु विरुद्ध जित हात पारेसँगै स्वदेश जान अनुमति दिइएको हो।
'हामीले मानविय भावना पनि ख्याल गर्नुपर्छ,' डेनमार्कका गोलकिपर कास्पर स्मेइचेलले भने, 'हाम्रो टिममा धेरै बुबाहरु छन्। सवैले बुझ्नु पर्छ हामी फुटबलर र बुबा पनि हौं। '
कास्परले अघि थपे,'छोरी जन्मिने सयमसँगै नहुँदाको भावना हामीले बुझ्नु पर्छ। त्यसलै मैले उनलाई छोरीको अनुहार सकेसम्म चाडो देखाउने वातावरण बनाउन सहयोग गरे।'
समूह 'सी' मा रहेको डेनमार्कले शनिबार भएको आफ्नो पहिलो खेलमा पेरुलाई पराजति गरेको थियो। त्यस लगत्तै डेनमार्क गएका उनी सोमबार रसिया फर्किएका थिए। उनले अहिले नियमित प्रशिक्षण गरिरहेका छन्।
डेनमार्कले आफ्नो दोस्रो खेलमा बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
जोनासले ६ दिन अघि इन्स्टाग्राममा राेखेको तस्बिर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।