समूह सी
डेनमार्क भर्से अस्ट्रेलिया
समय – असार ७, साँझ ५:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपअन्तर्गत आज साँझ समूह 'सी' को खेलमा अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा पेरुमाथि जित निकालेको डेनमार्कलाई बलियो मानिएको छ। तर अस्ट्रेलिया आत्मविश्वासी एसियन टिम भएकाले उसले डेनमार्कलाई दबाबमा राख्ने सक्ने क्षमता राख्छ।
जित हात पारे डेनमार्कको समूह चरण पार गर्ने लगभग पक्का हुनेछ। अस्ट्रेलियालाई दोस्रो चरणमा पुग्न डेनमार्कलाई हराउनु पर्ने हुन्छ। त्यसलै डेनमार्क भन्दा अस्ट्रेलिया दबाबमा छ।
पहिलो खेलमा फ्रान्ससँग राम्रो खेल्दा पनि अस्ट्रेलिया २–१ गोलले पराजित भएको थियो। डेमकार्मलाई भने भाग्यले साथ दिँदा पेरु पराजित भयो। किनकी पेरुले पाएको पेनाल्टी मिस गरेको थियो। 
डेनिस टिममा विलियम केभिस्ट हुनेछैनन्। उनी पेरु विरुद्धको खेलमा घाइते भएका थिए। जसले डेनमार्कको मिडफिल्डमा समस्या हुन सक्छ जसको फाइदा अस्ट्रेलियाले लिन सक्छ।
पहिलो खेलमा बलियो टिम फ्रान्स भिडेको अस्ट्रेलियाले डेनमार्क विरुद्ध तीव्र गतिमा खेल खेल्नेछ। जितका लागि खेल्ने अस्ट्रेलियन खेलाडीलाई गल्ति गर्ने भने छुट छैन।
डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ। जसमा ९ जित र ७ बराबरी छन्। सन् २०१६ अक्टुबरमा मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएयताडेमकार्कले हार बेहोरेको छैन।
सम्भावित टिम
डेनमार्क
कास्पर स्मेचेल, जेन्स स्टरेगर लार्सेन, आन्द्रेस क्रस्टिनसेन, सिमोन क्जाइर, हेनरिक डलागार्ड, लासी स्चोन, टोमस डेलाने, क्रिस्टियन इरिक्सेन, पिओनी सिस्टो, निकोलाइ जोर्गेसन, युसुफ युरारी पाउलसेन
अस्ट्रेलिया
म्याथ्यु रायन, अजिज बेहिच, ट्रेन्ट साइन्टबरी, मार्क मिलिगन, जोस रिडसन, आरोन मूयी, मिले जेडिनाक, टिम रोडिक, रोबी क्रुस, टोमी जुरिक, माथ्यु लेकी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।