काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह 'बी' को खेलमा पूर्व विश्वविजेता स्पेनले एसियन टिम इरानलाई १-० गोलले पराजित गरेको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा स्पेनलाई पोर्चुगलले बराबरीमा रोकेको थियो।
जितसँगै स्पेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको पोर्चुगलको पनि ४ अंक छ भने इरानको ३ अंक छ। अब अन्तिम चरणमा स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीच खेल हुनेछ। अन्तिम १६ मा पुग्न स्पेन र पोर्चुगललाई बराबरी काफी छ भने इरानका लागि जित निकाल्नै पर्ने स्थिति छ।
इरान विरुद्ध स्पेनका डिएगो कोस्टाले ५४ मिनेटमा गरेको गोल निर्णायक साबित भयो। उनले जारी विश्वकपमा तीन गोल गरिसकेका छन्। यता इरानले ६२ मिनेटमा बललाई जाली चुमाएपनि त्यसलाई अफसाइड घोषित गरिरएको थियो। इजाटोलाहीको प्रहार गोलपोस्ट भित्र छिरेपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) रिभ्यूमा अफसाइड देखिएको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।