काठमाडौं- लगातार दोस्रो खेलमा जित निकाल्दै उरुग्वे २०१८ फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। उरुग्वेले समूह 'ए' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो। यो समूहबाट लगातार दोस्रो जित निकालेको आयोजक रसिया पनि दोस्रो चरणमा पुगेको छ।
लगातार २ खेलमा हारसँगै साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ। साउदी पराजित भएपछि इजिप्ट पनि बाहिरिएको छ। इजिप्ट पनि लगातार २ खेलमा पराजित भएको थियो। योसँगै विश्वकपबाट ३ टिम बाहिरिएका छन्। यसअघि समूह 'बी' बाट मोरक्को बाहिरिएको थियो।
अब समूह 'ए' को विजेताका लागि उरुग्वे र रसियाबीच प्रतिस्पर्धा हुनेछ।
बुधबार उरुग्वेको जितमा लुइस सुआरेजले गरेको निर्णायक बनेको थियो। बुधबार सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले खेलको २३ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टिम फिनिसिङमा चुकेका थिए।
खेलमा विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।