काठमाडौं- २०१८ फिफा विश्वकपमा साउदी अरेबिया विरुद्धको खेल खेल्दै उरुग्वेका फरवार्ड लुइस सुआरेजले सय अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गरेका छन्।
सय खेलको कोशेढु्ंगा पार गरेको खेलमा उनले गोल समेत गर्न सफल भए। उनले खेलको २३ मिनेटमा गोल गर्दै सय खेललाई अस्विशमरणीय बनाए। सुआरेजको यो ५२औं अन्तर्राष्ट्रिय गोल हो।
यता उरुग्वेले ३ वटा विश्वकपमा गोल गर्दै रेकर्ड समेत बनाएका छन्। उनी ३ विश्वकपमा गोल गर्ने पहिलो उरुग्वेली खेलाडी बन्न सफल भए। यसअघि उनले २०१० र २०१४ पनि गोल गरेका थिए।
सुआरेजले विश्वकपमा ७ गोल गर्दै विश्वकपमा उरुग्वेका लागि बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। विश्वकपमा बढी गोल गर्ने उरुग्वेका ओस्कार मिग्युजले ८ गोल गरेका थिए। तेस्रो स्थानको डिएगो फोर्लानले ६ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।