काठमाडौं– २०१८ फिफा विश्वकपमा लगातार दोस्रो खेलमा पराजय भोगेसँगै अफ्रिकन टिम मोरक्को समूह चरणबाटै बाहिरिएको छ।
मोरक्को बुधबार भएको समूह 'बी' को खेलमा पोर्चुगलसँग १–० गोलले पराजित भएसँगै समूह चरणबाटै बाहिरिने पहिलो टिम बनेको हो। यसअघि मोरक्को पहिलो खेलमा इरानसँग १–० गोलले पराजित भएको थियो। अब अन्तिम खेलमा स्पेन विरुद्ध जित हात पारेपनि मोरक्कोलाई अन्तिम १६ पुग्न पर्याप्त हुने छैन।

समूह 'बी' मा आज राति स्पेन र इरानबीच खेल हुनेछ। इरानले जित निकाले दोस्रो चरणमा पुग्नेछ। स्पेनले जितेमा समूह चरणको अन्तिम खेलहरु रोमान्चक हुनेछ। अन्तिम चरणमा मोरक्को र स्पेन तथा पोर्चुगल र इरानबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।