काठमाडौं– क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएको खेलमा पोर्चुगलले २०१८ फिफा विश्वकपमा मोरक्कोलाई पराजित गरेको छ। समूह 'बी'को खेलमा पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको हो।
जितसँगै पोर्चुगलले २ खेलबाट ४ अंक जोडेको छ। मोरक्को अंकबिहिन छ। पोर्चुगल दोस्रो चरण नजिक पुग्दा मोरक्को समूह चरणबाटै बाहिरिएको छ।
खेलको चौथो मिनेटमै रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। रोनाल्डोले बेर्नान्डो सिल्भाको कर्नरमा हेडमार्फत बललाई जाली चुमाएका थिए।
जारी विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो। यसअघि उनले स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए।
खेलमा मोरक्कोका युनेश बेर्हान्डको उत्कृष्ट प्रहारलाई पोर्चुगलका गोलकिपर प्याट्रिसिओले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए।
खेल विवरण :




रोनाल्डोको रेकर्ड
गोलसँगै रोनाल्डोले रेकर्ड बनाएका छन्। पोर्चुगिज कप्तान रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन्। मोरक्को विरुद्धको गोल रोनाल्डको ८५औं अन्तर्राष्ट्रिय गोल हो।
यसअघि युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हंगेरीका फेरेन्क पुस्कस थिए। उनले ८९ खेल खेल खेल्दै ८४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। रोनाल्डोले ८६ गोल गर्न भने १ सय ५२ खेल खेलिसकेका छन्। यसअघि रोनाल्डोले २०१८ विश्वकपको आफ्नो पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए।

रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले पुस्कसलाई पछि पार्दै परेका हुन्। सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा इरानका अली डाएइ छन्। उनले १ सय ४९ खेलमा १ सय ९ गोल गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।