एजेन्सी– २०१८ फिफा विश्वकपमा मोरक्को विरुद्ध गोल गर्दै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएका छन्। समूह 'बी' को खेलमा रोनाल्डोले चौथो मिनेटमा हेडमार्फत गोल गरेका हुन्।
जारी विश्वकपमा चार गोल गरिसकेका पोर्चुगिज कप्तान रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन्। मोरक्को विरुद्धको गोल रोनाल्डको ८५औं अन्तर्राष्ट्रिय गोल हो।
यसअघि युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हंगेरीका फेरेन्क पुस्कस थिए। उनले ८९ खेल खेल खेल्दै ८४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। रोनाल्डोले ८६ गोल गर्न भने १ सय ५२ खेल खेलिसकेका छन्। यसअघि रोनाल्डोले २०१८ विश्वकपको आफ्नो पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए।

यता रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले पुस्कसलाई पछि परेका हुन्। सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा इरानका अली डाएइ छन्। उनले १ सय ४९ खेलमा १ सय ९ गोल गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।