समूह ए
उरुग्वे भर्सेस साउदी अरेबिया
समय – असार ६, राति ८:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपको पहिलो खेलमा जित हात पारेको उरुग्वे र पराजित भएको एसियन टिम साउदी अरेबियाबीच आज राति प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा इजिप्टलाई हराउन उरुग्वले ठूलै कसरत गर्नु परेको थियो। अन्त्यतिर गोल गरेर महत्वपूर्ण ३ अंक जोडेको उरुग्वे लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ। त्यसो त उरुग्वेका लागि साउदी बलियो प्रतिद्वन्द्वी होइन। त्यसलै आफ्नो स्वभाविक खेल खेलेर जित हात पारे उरुग्वे लगातार तेस्रो विश्वकपमा अन्तिम १६ मा पुग्नेछ।
सन् १९९४ पछिका विश्वकपमा साउदीको प्रदर्शन राम्रो हुन सकेको छैन। सन् १९९४ मा बेल्जियमलाई पराजित गरेपछि विश्वकपमा जितबिहिन छ। सन् २०१८ मा पनि साउदीले खराब सुरुवात गरेको छ। त्यसलै अब साउदीको ध्यान अन्तिम १६ मा पुग्ने भन्दा पनि राम्रो खेल्नेतर्फ जानेछ।
साउदी र उरुग्वेबीच अहिलेसम्म २ पटक मैत्रीपूर्ण खेल भएको छ। सन् २००२ र २०१४ मा भएको दुवै खेल बराबरीमा सकिएको थियो।

पहिलो खेलमा उरुग्वेको रणनीतिमा प्रश्न उठेको थियो। बल नियन्त्रण लिएपनि पोस्ट प्रहारमा उरुग्वेले ध्यान दिन सकेन। साउदी विरुद्धको खेलमा प्रशिक्षक ताबारेजले आफ्नो रणनीति परिवर्तन गर्ने विश्वास गरिएको छ।
साउदीले आफू पहिलो खेलमा असफल भएको महसुस गरिरहेको छ। त्यसलै साउदी दोस्रो खेलमा ब्यापक सुधार गरेर समर्थकको मन जित्न चाहान्छ। प्रशिक्षकले विशेषगरी रक्षापंक्तिमा ध्यान दिनेछन्।
साउदी विरुद्धको खेलमा उरुग्वेका लुइस सुआरेजले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। उनले अहिलेसम्म ५१ अन्तर्राष्ट्रिय गोल गरिरहेका छन्। उनी उरुग्वेका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्।
सम्भावित टिम
उरुग्वे
फर्नान्डो मुस्लेरा, गुइलेर्मो भारेला, जोसे मरिया गिमेनेज, डिएगो गोडिन, मार्टिन काकेरेस, नाथालिन नान्डेज, मार्टियास भेसिनो, रोद्रिगो बेन्टाकुर, क्रिस्टियन रोद्रिगेज, इडिन्सन काभानी, लुइस सुआरेज
साउदी अरेबिया
मोहमद अलोवाइस, मोहमद अल्बुरायेक, असामा हाउसावी, अली अल्लबुलायी, यासेर अलसानरानी, सलेम एडवासारी, अब्दुल्लाह अटाएफ, सलमान अल्फाराज, टाइसीर अलजासाम, यहिआ अल्सेल्ट्री, फहाद अल्मुलवाल्हद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।