काठमाडौं- २०१८ फिफा विश्वकपमा बेल्जियमले उत्कृष्ट सुरुवात गरेको छ। बेल्जियमले समूह 'जी' को खेलमा नवप्रवेशी टिम पानामालाई ३-० गोलले पराजित गरेको हो।
पहिलो हाफमा भने नवप्रवेशी पानामाले स्टार खेलाडीले भरिएको बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो।
दोस्रो हाफ सुरु भए लगत्तै बेल्जियमले अग्रता लिएको थियो। मार्टिन्सले ४७ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए।
रोमेलु लुकाकुले ६९ मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे। उनले क्रस बलमा हेडमार्फत गोल गरेका थिए।
७५ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३-० गोलले अघि बढेको थियो।
पहिलो हाफमा बेल्जियम असफल भएपछि दोस्रो हाफको सुरुवातदेखि उत्कृष्ट लयमा देखियो। केभिन डे ब्रुइनले दोस्रो गोलका लागि लुकाकुलाई पास मिलाएका थिए। यस्तै तेस्रो गोलका लागि इडिन हजार्डले पास मिलाए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।