काठमाडौं– २०१८ फिफा विश्वकपमा स्विडेनले विजयी सुरुवात गरेको छ। स्विडेनले समूह 'एफ' को खेलमा एसियन टिम दक्षिण कोरियालाई १–० गोलले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। स्विडेनका लागि कप्तान आन्द्रेस ग्रानक्युभिस्टले ६५ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
पेनाल्टीको निर्णय भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले लिइएको थियो।
खेलमा स्विडेनले अग्रता लिएपछि कोरियाले दबाब बढाएको थियो। कोरियाले ४–४–२ को फर्मेसनमा खेल्दै स्विडेनमाथि दबाब बढाएपनि फिनिसिङमा चुक्यो।
अब कोरियाले अर्को खेलमा मेक्सिकोसँग खेल्नेछ। स्विडेनले साविक विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि जर्मनीलाई मेक्सिकोले १–० ले हराएको थियो।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।