• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
किन लिँदैछ हैजाले ज्यान?
डा. अमृत पोख्रेल आइतबार, मंसिर ५, २०७८  ०७:०१
1140x725
चित्र : माईउपचारडटकम

गएको असोज १८ गते कपिलवस्तुको कृष्णनगर, बहादुरगंजस्थित शिवराज अस्पतालमा एकाएक बिरामीको चाप बढ्न थाल्यो। साँझ ८ बजेदेखि आउन थालेका सबै बिरामीको एकै खाले लक्षण थियो। उनीहरुलाई केही घण्टाको अवधिमा तारन्तार पानी जस्तो पातलो दिसासँगै बान्ता भएको थियो।

जीवनजल वा अन्य कुनै औषधिले छोएको भए सायद ती बिरामी अस्पताल आउँदैन थिए। तर, केही घण्टाभित्रै सुरु भएको झाडापखाला र बान्ता यति कडा थियो कि अधिकांस बिरामी खान र निल्न नसक्ने गरी शिथिल भइसकेका थिए।

१५ शय्याको अस्पतालमा बिरामी राख्ने ठाउँ थिएन। दुई दिनको अवधिमा अस्पतालको सामथ्र्यभन्दा धेरै ३०० भन्दा बढी बिरामीहरूको व्यवस्थापन गर्नु परेको थियो। एक महिनामा एक हजार ३०० भन्दा बढी बिरामीको व्यवस्थापन भयो। यही बीच झाडापखाला (हैजा)का कारण ६ जनाको मृत्यु भयो। मृत्यु हुनेमा दुई बर्षे बालक मात्र नभइ वृद्धसम्म छन्।

कसरी लाग्छ ज्यानै लिने हैजा रोग?

डा. अमृत पोख्रेल

दुषित खाना वा पानीले हैजा लाग्छ। अझ बुझ्ने भाषामा ‘दिसा खाएर’ हुने रोग हो हैजा। सुन्दा अचम्म लाग्छ, पत्याउन पनि अफ्ठ्यारो नै हुन्छ, मानिसले दिसा कसरी खान्छ?

अनुसन्धानका क्रममा झाडापखाला प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्दा के पाइयो भने त्यस क्षेत्रका अधिकांस व्यक्तिहरू घर नजिकैको खुला स्थानमा दिसा गर्छन्। दिसा धोएपछी  पानीले मात्र हात धुन्छन्। त्यही हातले घरमा खानको लागि प्रयोग हुने पानी चलाउँछन्। खाना पकाउँछन्। सबैलाई त्यही हातले पस्केर दिन्छन्। पाकेको खाना छोपेर राख्दैनन्। ठेला वा खुला सडकमा बनाएको खाना बडो शानका साथ खाने गर्छन्।

लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिले खुला ठाउँमा गरेको दिसामा प्रसस्त मात्रामा हैजाका किटाणु हुन्छन्। जसलाई स्वयम् मानिसले फोहोर हातको माध्यमबाट वा झिंगाहरु सोही दिसामा बसेर आफ्नो खुट्टामा भएको दिसालाई मानिसले खाने खानामा ल्याएर छोडी दिन्छन्। मानिस त्यही दिसा मिसिएको खाना खान्छ वा पानी पिउँछ। अनि, ज्यानै लिन सक्ने रोग हैजाबाट प्रभावित हुन्छ।

कपिलवस्तुमा कसरी फैलियो हैजा?
महामारी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका अनुसन्धान तथा प्रतिकार्य टोलीहरूलाई सबैभन्दा पहिले यति ठूलो संख्यामा एकै पटक यति धेरै जनसंख्यालाई प्रभावित पार्ने र ६ जनाको ज्यानै लिन सक्ने  झाडापखालाको कारण पत्ता लगाउने चुनौती थियो। रोगको प्रकृति, समय, बिरामीहरूको दिसाको नमूना जाँच, पिउने पानीको परीक्षण, खुला ठाउँमा दिसा गर्ने चलन, दिसा गरिसकेपछी सामान्य पानी वा माटोले हात धुने बानी, सरसफाईको नाजुक अवस्था, आम नागरिकमा यसबाट हुन सक्ने जोखिमको कत्ति पनि आभास नहुनु र  विगतमा पनि मानिसको ज्यान गएका झाडापखालाका घटनासमेतलाई सुक्ष्म विश्लेषण गर्दा कपिलवस्तुमा हैजाको ब्याक्टेरिया पहिलेदेखि नै विचरण गरिरहेको पाइयो। समय समयमा कुनै न कुनै स्थानमा झाडापखालाका सानातिना घटना भइरहेको र कहिलेकाँही यसकै कारणबाट मृत्यूसमेत भएको तथ्य उजागर भएको छ।

विगतमा छिटपुट झाडापखालाका घटना देखिए पनि यसपटक विकराल रुप लिनुमा प्रभावित अधिकांसले  एकै स्रोतबाट प्राप्त  दूषित पानी वा खाना खाएको हुनु पर्ने अनुमान गर्न सकिन्छ। महामारी फैलनुभन्दा अगाडि प्रभावितहरुले एकै स्थानबाट खाना खाएको, कुनै भोज भतेरमा सहभागी भएको तथ्य भने फेला परेन। तर, प्रभावित अधिकांस व्यक्तिले प्रयोग गर्ने पानीको स्रोत साझा छ। विभिन्न स्थानमा वितरित सोही पानीको नमूना परीक्षण गर्दा प्रशस्त मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ।

कोलिफर्म बाहिरी वातावरणमा र मानिसको दिसामा पाइने ब्याक्टेरिया हो। पानीमा यसको उपस्थितिले पानी दूषित छ भन्ने कुराको पुष्टि गर्दछ। यही दूषित पानी प्रयोग भएको हुनाले एकै पटक यति ठूलो जनसंख्या प्रभावित भएको आकलन गर्न सकिन्छ।

खुला स्थानमा गरिने दिसा, सो दिसा पानीमा मिसिन सक्ने सम्भावना तथा धेरै मानिसले खाने खानामा कुनै माध्यमबाट (झिंगा वा मानिसको फोहोर हात) हैजाको किटाणु मिसिएमा यसले फेरि अर्को ठूलो महामारी निम्त्याउन सक्छ भन्ने तथ्यलाई नकार्न सकिँदैन।

भविष्यमा यसलाई रोक्न के गर्ने?  
स्वास्थ्यका आधारभूत सेवाहरु बिस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य   संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ। प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ। यसर्थ रोग लागेर उपचारमा स्रोत र साधन खर्चिनुभन्दा रोग लाग्न नदिनको लागि समुदायमा समुदायसँग  व्यापक रुपमा काम गर्नु पर्ने देखिन्छ।

सबैभन्दा ठूलो बिडम्बना त के हो भने, जुन समुदायमा हैजा फैलिएको छ त्यस समुदायका बासिन्दाको मन मस्तिष्कमा यसको जोखिमको आभास, डर नै छैन। हामीले समुदायलाई यसबारे सचेत गरी उनीहरुको व्यवहार परिवर्तन गर्न सके मात्र दिगो समाधान दिन्छ।

नेपाल खुला दिसामुक्त देश घोषित भएसँगै कपिलवस्तु जिल्ला पनि खुला दिसामुक्त क्षेत्र हो। तर, वास्तविकता के हो भने यहाँका अधिकांस घरमा शौचालय छैन। आफैं बनाएका वा कुनै संघ संस्थाले बनाइदिएका शौचालय पनि प्रयोगविहिन छन्।

गरिब र  अशिक्षित मात्र होइन, आर्थिक रुपमा सम्पन्न र शिक्षित  भएकाहरु समेत मोटरसाइकल चढेर खेतमै खुला रुपमा दिसा गर्न जान्छन्। खुला रुपमा दिसा गर्न पाउनु जन्मसिद्ध अधिकार झैँ मान्ने यहाँका आम नागरिकलाई सो गर्नबाट रोक लगाउन यहाँका राजनीतिका दलका नेताले ठूलै  भूमिका खेल्नु पर्ने देखिन्छ। आउँदै गरेको स्थानीय चुनावमा हुने हार वा जीतलाई वास्ता नगरी  यो मुद्दा जोडदार रुपमा उठाउनु पर्ने देखिन्छ।

विकसित मुलुकहरुमा इतिहासकै पानामा सिमित भैसकेको हैजा रोगबाट अझै पनि हाम्रा गाउँ बस्तीहरु प्रताडित हुनु, नागरिकले ज्यान गुमाउनु अत्यन्त दुखलाग्दो सत्य हो। अझ यो रोग सर्ने माध्यमलाई नियालेर हेर्दा यसले हाम्रो संस्कार अनि सभ्यतालाई गिज्याइरहेको छ।

विश्व जगतले हामीलाई हेर्ने दृष्टिकोण, हामी र हाम्रो देशप्रति गर्ने व्यवहारलाई निर्धारित गरिरहेको छ। सम्बन्धीत सबै सरोकारवालाहरु (स्वास्थ्य, शिक्षा, खानेपानी, खाद्य, जनीतिक दल, साझेदार सहयोगी संघ संस्थाहरू) प्रतिबद्ध र  एकजुट भइ लागेमा नेपाल र नेपालीको जनधनको क्षति गराउने र विश्व सामु हामीलाई कलंकित बनाउने यो हैजाको किटाणुलाई सदाको लागि सेप्टिक ट्यांकमा कैद गर्न सम्भव छ।

(डा. पोख्रेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हुन्।)

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्