• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

किन लिँदैछ हैजाले ज्यान?

डा. अमृत पोख्रेल आइतबार, मंसिर ५, २०७८  ०७:०१
1140x725
चित्र : माईउपचारडटकम

गएको असोज १८ गते कपिलवस्तुको कृष्णनगर, बहादुरगंजस्थित शिवराज अस्पतालमा एकाएक बिरामीको चाप बढ्न थाल्यो। साँझ ८ बजेदेखि आउन थालेका सबै बिरामीको एकै खाले लक्षण थियो। उनीहरुलाई केही घण्टाको अवधिमा तारन्तार पानी जस्तो पातलो दिसासँगै बान्ता भएको थियो।

जीवनजल वा अन्य कुनै औषधिले छोएको भए सायद ती बिरामी अस्पताल आउँदैन थिए। तर, केही घण्टाभित्रै सुरु भएको झाडापखाला र बान्ता यति कडा थियो कि अधिकांस बिरामी खान र निल्न नसक्ने गरी शिथिल भइसकेका थिए।

१५ शय्याको अस्पतालमा बिरामी राख्ने ठाउँ थिएन। दुई दिनको अवधिमा अस्पतालको सामथ्र्यभन्दा धेरै ३०० भन्दा बढी बिरामीहरूको व्यवस्थापन गर्नु परेको थियो। एक महिनामा एक हजार ३०० भन्दा बढी बिरामीको व्यवस्थापन भयो। यही बीच झाडापखाला (हैजा)का कारण ६ जनाको मृत्यु भयो। मृत्यु हुनेमा दुई बर्षे बालक मात्र नभइ वृद्धसम्म छन्।

कसरी लाग्छ ज्यानै लिने हैजा रोग?

डा. अमृत पोख्रेल

दुषित खाना वा पानीले हैजा लाग्छ। अझ बुझ्ने भाषामा ‘दिसा खाएर’ हुने रोग हो हैजा। सुन्दा अचम्म लाग्छ, पत्याउन पनि अफ्ठ्यारो नै हुन्छ, मानिसले दिसा कसरी खान्छ?

अनुसन्धानका क्रममा झाडापखाला प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्दा के पाइयो भने त्यस क्षेत्रका अधिकांस व्यक्तिहरू घर नजिकैको खुला स्थानमा दिसा गर्छन्। दिसा धोएपछी  पानीले मात्र हात धुन्छन्। त्यही हातले घरमा खानको लागि प्रयोग हुने पानी चलाउँछन्। खाना पकाउँछन्। सबैलाई त्यही हातले पस्केर दिन्छन्। पाकेको खाना छोपेर राख्दैनन्। ठेला वा खुला सडकमा बनाएको खाना बडो शानका साथ खाने गर्छन्।

लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिले खुला ठाउँमा गरेको दिसामा प्रसस्त मात्रामा हैजाका किटाणु हुन्छन्। जसलाई स्वयम् मानिसले फोहोर हातको माध्यमबाट वा झिंगाहरु सोही दिसामा बसेर आफ्नो खुट्टामा भएको दिसालाई मानिसले खाने खानामा ल्याएर छोडी दिन्छन्। मानिस त्यही दिसा मिसिएको खाना खान्छ वा पानी पिउँछ। अनि, ज्यानै लिन सक्ने रोग हैजाबाट प्रभावित हुन्छ।

कपिलवस्तुमा कसरी फैलियो हैजा?
महामारी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका अनुसन्धान तथा प्रतिकार्य टोलीहरूलाई सबैभन्दा पहिले यति ठूलो संख्यामा एकै पटक यति धेरै जनसंख्यालाई प्रभावित पार्ने र ६ जनाको ज्यानै लिन सक्ने  झाडापखालाको कारण पत्ता लगाउने चुनौती थियो। रोगको प्रकृति, समय, बिरामीहरूको दिसाको नमूना जाँच, पिउने पानीको परीक्षण, खुला ठाउँमा दिसा गर्ने चलन, दिसा गरिसकेपछी सामान्य पानी वा माटोले हात धुने बानी, सरसफाईको नाजुक अवस्था, आम नागरिकमा यसबाट हुन सक्ने जोखिमको कत्ति पनि आभास नहुनु र  विगतमा पनि मानिसको ज्यान गएका झाडापखालाका घटनासमेतलाई सुक्ष्म विश्लेषण गर्दा कपिलवस्तुमा हैजाको ब्याक्टेरिया पहिलेदेखि नै विचरण गरिरहेको पाइयो। समय समयमा कुनै न कुनै स्थानमा झाडापखालाका सानातिना घटना भइरहेको र कहिलेकाँही यसकै कारणबाट मृत्यूसमेत भएको तथ्य उजागर भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विगतमा छिटपुट झाडापखालाका घटना देखिए पनि यसपटक विकराल रुप लिनुमा प्रभावित अधिकांसले  एकै स्रोतबाट प्राप्त  दूषित पानी वा खाना खाएको हुनु पर्ने अनुमान गर्न सकिन्छ। महामारी फैलनुभन्दा अगाडि प्रभावितहरुले एकै स्थानबाट खाना खाएको, कुनै भोज भतेरमा सहभागी भएको तथ्य भने फेला परेन। तर, प्रभावित अधिकांस व्यक्तिले प्रयोग गर्ने पानीको स्रोत साझा छ। विभिन्न स्थानमा वितरित सोही पानीको नमूना परीक्षण गर्दा प्रशस्त मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ।

कोलिफर्म बाहिरी वातावरणमा र मानिसको दिसामा पाइने ब्याक्टेरिया हो। पानीमा यसको उपस्थितिले पानी दूषित छ भन्ने कुराको पुष्टि गर्दछ। यही दूषित पानी प्रयोग भएको हुनाले एकै पटक यति ठूलो जनसंख्या प्रभावित भएको आकलन गर्न सकिन्छ।

खुला स्थानमा गरिने दिसा, सो दिसा पानीमा मिसिन सक्ने सम्भावना तथा धेरै मानिसले खाने खानामा कुनै माध्यमबाट (झिंगा वा मानिसको फोहोर हात) हैजाको किटाणु मिसिएमा यसले फेरि अर्को ठूलो महामारी निम्त्याउन सक्छ भन्ने तथ्यलाई नकार्न सकिँदैन।

भविष्यमा यसलाई रोक्न के गर्ने?  
स्वास्थ्यका आधारभूत सेवाहरु बिस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य   संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ। प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ। यसर्थ रोग लागेर उपचारमा स्रोत र साधन खर्चिनुभन्दा रोग लाग्न नदिनको लागि समुदायमा समुदायसँग  व्यापक रुपमा काम गर्नु पर्ने देखिन्छ।

सबैभन्दा ठूलो बिडम्बना त के हो भने, जुन समुदायमा हैजा फैलिएको छ त्यस समुदायका बासिन्दाको मन मस्तिष्कमा यसको जोखिमको आभास, डर नै छैन। हामीले समुदायलाई यसबारे सचेत गरी उनीहरुको व्यवहार परिवर्तन गर्न सके मात्र दिगो समाधान दिन्छ।

नेपाल खुला दिसामुक्त देश घोषित भएसँगै कपिलवस्तु जिल्ला पनि खुला दिसामुक्त क्षेत्र हो। तर, वास्तविकता के हो भने यहाँका अधिकांस घरमा शौचालय छैन। आफैं बनाएका वा कुनै संघ संस्थाले बनाइदिएका शौचालय पनि प्रयोगविहिन छन्।

गरिब र  अशिक्षित मात्र होइन, आर्थिक रुपमा सम्पन्न र शिक्षित  भएकाहरु समेत मोटरसाइकल चढेर खेतमै खुला रुपमा दिसा गर्न जान्छन्। खुला रुपमा दिसा गर्न पाउनु जन्मसिद्ध अधिकार झैँ मान्ने यहाँका आम नागरिकलाई सो गर्नबाट रोक लगाउन यहाँका राजनीतिका दलका नेताले ठूलै  भूमिका खेल्नु पर्ने देखिन्छ। आउँदै गरेको स्थानीय चुनावमा हुने हार वा जीतलाई वास्ता नगरी  यो मुद्दा जोडदार रुपमा उठाउनु पर्ने देखिन्छ।

विकसित मुलुकहरुमा इतिहासकै पानामा सिमित भैसकेको हैजा रोगबाट अझै पनि हाम्रा गाउँ बस्तीहरु प्रताडित हुनु, नागरिकले ज्यान गुमाउनु अत्यन्त दुखलाग्दो सत्य हो। अझ यो रोग सर्ने माध्यमलाई नियालेर हेर्दा यसले हाम्रो संस्कार अनि सभ्यतालाई गिज्याइरहेको छ।

विश्व जगतले हामीलाई हेर्ने दृष्टिकोण, हामी र हाम्रो देशप्रति गर्ने व्यवहारलाई निर्धारित गरिरहेको छ। सम्बन्धीत सबै सरोकारवालाहरु (स्वास्थ्य, शिक्षा, खानेपानी, खाद्य, जनीतिक दल, साझेदार सहयोगी संघ संस्थाहरू) प्रतिबद्ध र  एकजुट भइ लागेमा नेपाल र नेपालीको जनधनको क्षति गराउने र विश्व सामु हामीलाई कलंकित बनाउने यो हैजाको किटाणुलाई सदाको लागि सेप्टिक ट्यांकमा कैद गर्न सम्भव छ।

(डा. पोख्रेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हुन्।)

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्