काठमाडौं- २०१८ फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै पराजित भएको छ। समूह 'एफ' को खेलमा जर्मनीलाई मेक्सिकोले १-० गोलले पराजित गरेको हो
खेलको ३५ मिनेटमा मेक्सिकोले अग्रता लियो। उसका लागि हिर्भिङ लोजानोले गोल गरे। काउन्टर आक्रमणमा भेलाले हर्नान्डेजलाई पास दिएका थिए। हर्नान्डेज लोजानोलाई पास दिए र उनले सुन्दर फिनिसिङ गरे।
पहिलो दुवै टिमले उत्कृष्ट खेल पस्किएका थिए। जर्मनीले बल पोजिसनमा खेललाई नियन्त्रणमा लिएपनि काउन्टर आक्रमणमा मेक्सिको सफल भयो।
पहिलो हाफमा जर्मनीका टोनी क्रुसको प्रहार क्रसबारमा लागेको थियो।
दोस्रो हाफमा जर्मनीले बल नियन्त्रणमा लिएपनि फिनिसिङमा पटकपटक चुकेको थियो।
जर्मनी १९८६ पछि विश्वकपको पहिलो खेलमा पराजित भएको पहिलो पटक हो। त्यतिबेला जर्मनीलाई उरुग्वेले १-१ गोलको बराबरीमा रोकेको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।