• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चोलेन्द्रमाथि शम्भु थापाको 'गम्भीर' आरोप: राजीनामा माग भइरहँदा पनि भाइमार्फत् मुद्दामा बार्गेनिङ गरे
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २३, २०७८  १९:५०
1140x725

काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि 'भाइलाई परिचालन गरी मुद्दामा चलखेल गरेको' गम्भीर आरोप लगाएका छन्। 

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले राजीनामा मागेर आन्दोलन सुरु गरेपछि पनि प्रधानन्यायाधीश राणाले आफ्ना भाइ प्रभु शमशेर राणालाई परिचालन गरेर मुद्दामा चलखेल गराएको थापाको आरोप छ। आफूले विनाआधार आरोप नलगाएको दाबी गर्दै थापाले आवश्यक परे 'कल रेकर्ड' उपलब्ध गराउने पनि बताएका छन्। 

केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभु शमशेर राणाले 'बार्गेनिङ' सुरु गरेको थापाको भनाइ छ। 

‘प्रधानन्यायाधीशका भाइ प्रभु शमशेरले मुद्दा दर्ता भएदेखि नै बार्गेनिङ गरे। ४ वजे इजलास बस्दै सैनिकको क्षेत्राधिकारसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्नुभयो, तर त्यसपछिको मुद्दा हेर्दा–हेर्दै राख्नुभयो,’ संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार आयोजना गरेको 'न्यायपालिकाको वर्तमान संकट र निकास' विषय कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने।  

प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दाको सन्दर्भमा उनका भाइ प्रभु शमशेरले 'बार्गेनिङ' गरेको थापाको आरोप छ। 

प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए। राणाले आफ्नो एकल इजलासमा २ थान मुद्दाको पेसी तोकेका थिए। 

एउटा मुद्दा कर्तव्य ज्यानको कसूर लागेका सैनिक कर्मचारीको मुद्दा सैनिक अदालतमा पठाउने चितवन जिल्ला अदालतको आदेशविरुद्धको थियो। महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाले अन्तरिम आदेश जारी गरेका थिए। 

उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको अर्को मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए। प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।   

Ncell 2
Ncell 2

‘कात्तिक १४ गते प्रधानन्यायाधीश राणाको इजलासमा पेसी तोकिइ हेर्दाहेर्दैमा रहेको मुद्दामा भाइ प्रभु शमशेरले दर्ता भएदेखि हेर्दाहेर्दैमा राख्ने निर्णय हुँदासम्म बार्गेनिङ गरेका छन्,’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘आवश्यक परे कल रेकर्ड दिन सक्छु।’ 

जिल्ला र उच्च अदालत पाटनले गरेको निर्णयविरुद्ध थुनामा राख्न माग गर्दै आएको निवेदनमा राणाले आफ्नो राजीनामा माग भइरहेको समयमा समेत बार्गेनिङ गरेको थापाको भनाइ छ। 

प्रधानन्यायाधीश राणाको कात्तिक १४ गतेको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको अर्को पेसी कात्तिक ३० गते रहेको छ। 

प्रधानन्यायाधीश राणाले 'मनी साइफनिङ' गरेको पनि थापाको आरोप छ। राणामाथि राज्यले अनुसन्धान गर्नुपर्ने पनि थापाको माग छ। 

shivam cement

shivam cement

‘नेपालका विचौलियाले उठाएको पैसाले अमेरिकामा कसैले पीआर लिएर बसेको र कसैको नाममा ग्यास स्टेशन किनिएको छ, ’ थापाले भने, ‘कसैलाई होटल किनिदिएको र केही पैसा सोही बाटोबाट नेपाल ल्याइएको छ।’ 

थापाले प्रधानन्यायाधीशको नाममा अर्ब अर्बको बार्गेनिङ हुने गरेको र  करोड घटीको कुरा नै नहुने गरेको थापाको भनाइ छ। 

‘ममाथि पनि धेरै दाग लगाउन सक्नुहुन्छ, हिम्मत छ भने लगाउनुस्,’ थापाले भने, ‘विशेष अदालतबाट सरुवा भएर गएपछि २०६७ सालमा श्रीमती रेजाको नाममा जग्गा पारित भएको थियो। पछि चोलेन्द्र शमशेरको नाममा भएकै हो। भ्रष्टाचार मुद्दामा सफाई दिएको त्यो घुसको नै थियो।’ 

भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एण्ड माउन्ड प्रालि भाइ प्रभु शमशेरको नाममा लिलाम सकार गरेर पनि देखिएको आरोप थापाले लगाए। ‘यो नयाँ सम्पत्ति सिर्जना गरेको हो। १६ करोड एनसीसी बैंकबाट लिएको देखिन्छ,’ थापाले भने, ‘बानेश्वरमा रहेको भवनको त कुरै नगरौं। उहाँ पहिला पनि धनाढ्य होइन। हिँडेर जाने र हिँडेर आएकै मानिस हो।’ 

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाको इजलासमा पर्ने हेरक मुद्दामा शंका मात्रै हुने गरेको टिप्पणी गरे।  ‘पुनरावलोकन परे त्यसैमा बागर्नेनिङ गरेको सुनिन्छ। इजलासमा परेको मुद्दामा खाली शंका मात्र हुन्छ, कसले मिलायो थाहा नै नहुने,’ थापाले भने। 

राणाको इजलासमा पर्ने मुद्दाका पक्षले 'यो त पहिला के भइसकेको (मिलिसकेको)' भनेर भन्ने गरेको समेत सुनेको थापाले बताए।  ‘उहाँ (राणा)को इजलासमा परेको मुद्दामा यो त पहिला के भइसकेको भनेर पक्षले भनेको समेत सुन्न परेको छ, के हो यो?’ थापाले भने। 

प्रधानन्यायाधीश राणाले यसबीचमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरेको समेत सुनेको थापाको भनाइ छ। तर, विविध कारणले अहिले सार्वजनिक गर्न नसकेको उनको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्‍याली (तस्वीरहरू)
सम्बन्धित सामग्री
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्‍याली (तस्वीरहरू) समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म आयोजना गरिएको थियो। शुक्रबार, वैशाख २६, २०८२
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। शुक्रबार, वैशाख २६, २०८२
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल? एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो। कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन... शुक्रबार, वैशाख २६, २०८२
ताजा समाचारसबै
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल शुक्रबार, वैशाख २६, २०८२
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर शुक्रबार, वैशाख २६, २०८२
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्‍याली (तस्वीरहरू) शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्