काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १७४४ र एन्टिजेन विधिबाट ९ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल २ हजार ३०७ जनाको पीसीआर र २ हजार ५३७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ।
सोही अवधिमा ६४९ जना निको भएका छन्। यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।