काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा डेनमार्कले पेरुलाई पराजित गरेको छ। शनिबार भएको समूह 'सी' को खेलमा डनेमार्कले १-० गोलको जित हात पारेको हो।
डेनमार्कको जितमा खेलको ५९ मिनेटमा युरारीले गोल गरेका थिए। काउन्टर आक्रमणमा उनले उत्कृष्ट फिनिसिङ गरेका थिए।
त्यसअघि पहिलो हाफको अन्तिम मिनेटमा पेरुले गोल गर्ने सुन्दर मौका गुमाएको थियो। ४५ मिनेटमा प्राप्त पेनाल्टीमा पेरुका कुएभाको प्रहार आकासियो। यो पेनाल्टी भिडियो एसिस्टेन्ट रेफ्रीको सहयताले लिइएको थियो।
आजै भएको समूह सीको अर्को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले हराएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।