• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले आफन्त गुमाएकी नर्स, जसको तिहार यो वर्ष खल्लो भयो

कमला गुरुङ शुक्रबार, कात्तिक १९, २०७८  ११:०३
1140x725

काठमाडौं– कोरोना महामारीले अघिल्लो मात्र नभएर यो वर्ष पनि धेरैको चाडपर्व खल्लो बनायो। धेरै नेपालीले आफन्त गुमाए। अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीले पनि आफन्त गुमाउन पुगे। 

तर, आफन्त गुमाएरै पनि कतिपय स्वास्थ्यकर्मी महामारीविरुद्ध उपचारमा खटिए। अझै खटिइरहेका छन्। उनीहरुलाई न त दशैँको रौनकताले छोयो, न त तिहारको रमझमले नै। तीमध्ये एक हुन्, त्रिवि शिक्षण अस्पतालकी नर्सिङ सहनियन्त्रक लक्ष्मी केसी। 

कोरोना संक्रमणका कारण उनले आफन्त गुमाइन्। त्यसैले पनि उनको यस वर्षको तिहार खल्लो बनेको छ।

उनलाई तिहार निकै रमाइलो लाग्ने र खुशी मान्ने पर्व हो। किनभने, ६ दाजुभाईमा उनी एक्ली बहिनी हुन्। तर, आफन्त गुमाउनुको पीडाले उनलाई यो तिहारको रौनकताले छोएको छैन।  

बालापनमा तिहार मनाउँदाको अनुभव उनी निकै उत्साहका साथ सुनाउँछिन्। ती तिहार आफूले खूबै सम्झने बताउँछिन्। 

हामीले उनलाई सोध्यौँ– ‘यस वर्षको तिहारको योजना के छ?’

उनी एकछिन मौन भइन्। उनको मौनता भावुकतामा परिणत भयो। उनको पीडा आँसु मार्फत बग्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो वर्षको तिहार.....’ रोक्न नसकेका आँसु पुस्दै उनी बोल्न खोजिन्। तर, शब्दहरु उनको गलामा अड्किए। एक छिन मौन भइन्। 

‘यो वर्षको तिहार मेरो मात्र होइन। धेरै नेपालीको लागि अँध्यारो भएको होला। यो वर्ष मेरो तिहार छैन। माइत र घर दुवैतिर कोरोनाले आफन्त बितेका छन्।’ उनले निकै भावुक हुँदै भनिन्। 

कोरोना महामारीमा माइततिर उनकी भाइ बुहारीको निधन भयो। घरमा कान्छो सुसरालाई गुमाउनु पर्‍यो।

तर, यसअघिका वर्षहरुमा उनको घर र माइतमा तिहार रौनकता लिएर आउँथ्यो। त्यो झिलिमिली, पारिवारिक मिलन र उत्साहले खुसी दिन्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तिहार भन्ने बित्तिकै उनलाई चारैतिरको झिलीमिली, सेलरोटी अनि देउसी–भैलोको याद आउँछ। अझ, बालापनको सम्झना उनलाई सबैभन्दा प्यारो लाग्ने क्षण हो। उनी भन्छिन्, ‘बच्चा हुँदा त तिहार असाध्यै रमाइलो लाग्थ्यो। पटाका पड्काउने, भाग्ने, खेल्ने गरिन्थ्यो। त्यस्तो रमाइलो त पछि कहिल्यै पनि भएन।’

एक पटक त उनले पटाका पड्काउँदा नयाँ कपडासमेत जलाएकी छिन्। गाली खाने डरले त्यो कपडा उनले धेरै दिनसम्म लुकाइन्। 

उमेर बढ्दै जाँदा उनको तिहार मनाउने शैलीमा पनि परिवर्तन आयो। घरपरिवार अनि बिरामीको सेवा गर्नुपर्ने जिम्मेवारी थपियो। आफ्नो जिम्मेवारी पूरा गर्दै तिहार मनाउने गरेकी थिइन्। कतिपय तिहार त बिरामीसँग मनाएको सम्झना पनि छ। तर, यो वर्ष कोरोनाका कारण उनले तिहार मनाउन नपाउने भएकी छिन्।

संयुक्त परिवार भएकाले उनको परिवारमा बुहारीहरुबीच पालैपालो तिहार मनाउने चलन थियो। ‘हाम्रो संयुक्त परिवार हो। त्यसैले यो वर्ष यो बुहारी माइत जाने र अर्को वर्ष अर्को बुहारी तिहार मनाउने जाने भनेर पालो हुन्थ्यो। जो बुहारी घरमा हुन्थ्यो उसले नै तिहारको सबै व्यवस्थापन गर्ने जिम्मेवारी हुन्थ्यो,’ लक्ष्मीले भनिन्।

उनले कोरोना महामारीलाई नजिकबाट नियालेकी छिन्। त्यसैले पनि कोरोनालाई सामान्य रुपमा नलिन उनको आग्रह छ। मानिसहरुको बढ्दो लापरवाहीका कारण कोरोनाले पुनः महामारीको रुप लिने हो की भन्ने उनको चिन्ता छ। 

लक्ष्मीले भनिन्, ‘कतिबेला कोरोनाले महामारीको रुप लिन्छ थाहा छैन। यो बाँध कति बेला फुट्छ त्यो पनि थाहा छैन।’

तिहार मनाउँदा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न उनको आग्रह छ। मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न पनि उनी आग्रह गर्छिन्। ‘तिहार पनि रमाइलो होस् अनि रोग पनि नलागोस्। जनस्वास्थ्यका यी मापदण्डहरु पालना गर्दा हामी कोरोनाबाट सुरक्षित हुन्छौ भने किन नगर्ने?’ उनले भनिन्। 

यस वर्ष काठमाडौं उपत्यका बाहिर घर भएका नर्सिङ स्टाफलाई मात्र बिदा दिइएको उनले बताइन्। उनका अनुसार अस्पतालको स्वास्थ्य सेवामा बाधा नपुग्ने गरी नर्सिङ स्टाफको ड्युटी मिलाइएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्