काठमाडौं - २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी आइसल्यान्डले १–१ गोलको बराबरीमा रोकेको छ।
खेलको १९ मिनेटमा सर्जियो अग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता लिन सफल भयो।
२३ मिनेटमा अाइसल्यान्ड फिबोनबासनले अर्जेन्टिनाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै क्लोज रेन्जबाट बराबरी गोल गरेका थिए।
६३ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो। मेजालाई डि-बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मेसी गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता लिने सुन्दर मौका गुमायो। मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपर हाल्डोर्सनले विफल पारेका थिए।
भिडियो हेर्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।