काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी आइसल्यान्डले बराबरीमा रोकेको छ। समूह 'डी' को पहिलो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित ९ प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको १९ मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। सर्जियो अग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता लिन सफल भयो।


२३ मिनेटमा अाइसल्यान्ड बराबरी गोल फर्काउन सफल भयो। फिबोनबासनले अर्जेन्टिनाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै क्लोज रेन्जबाट गोल गरेका थिए। योसँगै विश्वकपमा नवप्रवेशी आइसल्यान्डले पहिलो गोल गर्न सफल भयो।


पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६३ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो। मेजालाई डि-बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मेसी गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता लिने सुन्दर मौका गुमायो। मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपर हाल्डोर्सनले विफल पारेका थिए।



समग्रमा अर्जेन्टिना र आइसल्यान्डबीचको खेल :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।